केरुङ नाकाबाट गएका १४९ जना मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकहरु हिल्साबाट फिर्ता

 

सि.टा. समाचारदाता
सिमकोट । काठमाडौं हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटकहरु हुम्ला जिल्लाको हिल्सा नाकाबाट फिर्ता भएका छन् । भोटेकाशी बाढीको कारण केरुङ नाका पुर्ण रुपमा अबरुद्ध भएपछि पर्यटकहरु अर्को नाका हिल्साबाट नेपाल फिर्ता हुनु भएको हो ।

रसुवाको केरुङ नाकाबाट प्रवेश गरि चीनको मानसरोवर कैलाशको दर्शन गर्न गएकाबाह्य पर्यटक र नेपाली ट्रेकिङ गाईडहरु हुम्ला जिल्लाको हिल्सा नाकाबाट चार दिनमा १४९ जना नेपाल भित्रिएका छन ।

केरुङ नाका बन्द भएयता चार दिनमा उनीहरु हिल्साबाट हुम्ला आएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउदले बताए ।

भदौ १० गतेको भोटेकोशी बाढीको कारण सो नाकामा यातायात सेवा बन्द भएको कारण त्यहाँबाट मानसरोवर कैलाशका लागि यात्रामा रहेको पर्यटकहरु हिल्सा आएका हुन ।

पर्यटकहरु भदौ ११ गते १०७ जना, १२ गते १९ जना, १३ गते १२ जना र आज १४ गते आइतबार ११ जना हिल्साबाट नेपाल प्रवेश गरि आफ्नो गन्तव्यतर्फ लागेको छन् ।

यसमा २२ जना नेपाली गाईड पनि रहेका छन यतिबेला सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्ने भारतीय मुलका पर्यटकहरु कमी आई रहेको बेला केरुङबाट प्रवेश गरेका पर्यटकहरु हिल्सा भएर आउन थालेपछि हिल्सा सिमकोट हेलिकोप्टर उडान र नेपालगंजबाट सिमकोटका लागि हवाई जहाजका उडानहरु बढेका छन । नेपालगंजबाट खाली जहाजहरुले सिमकोटका लागि उडान भर्न थालेका छन् ।