बिरामीहरुलाई आर्थिक सहयोग

 

सि.टा. समाचारदाता
सिमकोट । वडा भित्रका विभिन्न रोगका बिरामीहरुलाई आर्थिक सहयोग गरिएको छ । सधै औषधी प्रयोग गरि रहनु पर्ने तर आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई आर्थिक सहयोग गरिएको हो ।

सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका बिरामीहरलाई आर्थिक सहयोग गरिएको वडा अध्यक्ष अकिल कार्कीले बताए । यसका लागि वडाको वजेटबाट वडा अध्यक्ष कार्कीले सत्तरी हजार वजेट विनियाजित गरेका थिए ।

चौध जना बिरामीलाई पाँच हजारका दरले नगद रहम सहयोग गरिएको उनले बताए । यसमा दुई जना दम, एक जना क्यान्सर, अप्रेशन गरेका र अन्य जटिल रोगका बिरामीहरु रहेका छन् ।

सहयोग रकम सानै भएपछि जिल्ला बाहिर उपचार गर्न जाँदा केही राहात पुग्ने देखिएपछि सो सहयोग गरिएको वडा अध्यक्ष कार्कीले बताए ।