हिल्सामा अस्थायी क्यारेन्टाईन स्थापना हुने

 

सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा नेपालको तर्फबाट अस्थायी क्वारेन्टाईन स्थापना हुने भएको छ ।

विगत लामो समयदेखि हुम्लावासीको माग हिल्सामा सो स्थापना गर्नु पर्ने रहेको भएपनि जनशक्ति र नाकाबाट सामान निर्यातको अवस्थालाई मध्यनजर राखी बिभागले तत्कालका लागि अस्थायी क्वारेन्टाईन स्थापना गर्न लागेको हो ।

बर्तमान अवस्थामा हिल्सा नाकाबाट सामान निर्यातको अवस्थालाई ध्यानमा राखी अस्थायी रुपमा सञ्चालन गर्ने गरि क्वारेन्टाईन स्थापना गर्ने तयारीमा रहेको पशु बिभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताए ।

कर्मचारी संरचना भरखरै पारित भएर आएकोले अव चाँडै हिल्सालाई अस्थायी रुपमा हेर्ने गरि नेपालगंजमा शाखा स्थापना गर्ने र सोही शाखाले अस्थायी रुपमा हिल्सामा क्वारेन्टाईन स्थापना गर्नका लागि दुई जनासम्म जनशक्ति परिचालन गरिने छ । २०७० सालबाट हुम्लावासीको हिल्सामा क्वारेन्टाईन स्थापनाको माग गर्दै आएका थिए ।

बाहै महिना हिल्सा नाका सञ्चालनमा आउन नसक्ने भएको कारण तत्कालका लागि हिल्सा नाका नाका सुचारु हुने समयमा क्वारेन्टाईन स्थापना गरिने र बन्द हुने बित्तिक्कै क्यारेन्व्टाईन पनि बन्द गरि जनशक्ति नेपालगंज फिर्ता आउने गरि अस्थायी क्वारेन्टाईन स्थापनाको तयारी भई रहेको छ ।

बिभागको लक्ष्य पनि रहेको र वर्तमान सरकारले पनि हिल्सामा क्वारेन्टाईन स्थापनाका लागि चासो देखाएको अवस्थामा बिभागसंग जनशक्ति अभावको कारण अस्थायी रुपमा भएपनि क्वारेन्टाईन स्थापना गर्न लागिएको छ ।

नाका स्थायी भएको कारण तत्काल हिल्सामा अस्थायी क्वारेन्टाईन स्थापना हुनु पनि सकरात्मक कार्य भएको बताउदै यसबाट हुम्लावासीका माग पुरा भएको कृषि बिकास कार्यालयका प्रमुख चुणामणी पन्तले बताए ।

केही नहुनु भन्दा पनि यति भएपछि तत्कालका लागि काम चली हाल्ने र हुम्लावासीको स्थानीय रैथाने बाली र अन्य उत्पादित सामान चीन लैजाने बाटो पनि खुल्ने बिस्वास उनले ब्यक्त गरे । अस्थायी क्यारेन्टाईन स्थापना भई सकेपछि  बसबास गर्ने भएकाे जानकारि प्रप्त भएकाे छ ।