सि.टा. समाचारदाता
सिमकोट । यसवर्ष राष्ट्रिय भिटामिन ए र जुकाको औषधी खुवाउने मिति सरेको छ । कातिक २ र ३ गते दसैं बिदा परेको कारण सरकारले उक्त मिति पछि सारेको हो ।
राष्ट्रिय भिटामिन ए र जुकाको औषधी खुवाउने मिति यस वर्ष कातिक १७ र १८ को लागि सारिएको छ । हरेक वर्ष कातिक २ र ३ गते खवाउने कार्यक्रम गरिन्थ्यो ।
दसैको बिदा परेको कारण यस पटक मिति पछि सारिएको हो । यसअघि नेपाल सरकारले प्रत्येक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते ६ देखि ५९ महिनाका शिशु तथा बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधी खुवाउने गरिन्छ । यस वर्ष कात्तिक २ र ३ गते दशैँको बिदा परेकाले आ.व. २०८३÷८४ को राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ ।
सम्पूर्ण अभिभावकहरूलाई तोकिएको मितिमा माथि उल्लिखित उमेर समूहका आफ्ना बालबालिकालाई नजिकको खुवाउने केन्द्रमा लगेर भिटामिन ए तथा जुकाको औषधि खुवाउन आग्रह गरिएको छ ।










