- सि.टा समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिका– ४ र ५ का किसानहरुले आफुले उत्पादन गरेको टमाटरले बजार नपाएको गुनासो गरेका छन् । किसानले करेशा वारीमा उत्पादन भएको टमाटर बोकेर सदरमुकाम सिमकोट पुग्दा बिक्री नभएपछि गुनासो गरिएको हो ।
खार्पुनाथ गाउँपालिका– ५ को याङ्चु गाउँकी सुचना परियारले वारीमा लगाएको टमाटर राम्रो फलेको भएपनि बिक्रीमा समस्या रहेको बताईन । उनले अहिले बारी मै रहेको टमाटर सुरुमा प्रतिकेजी दुई सय पचास रुपियाँमा बिक्री गरेको भएपनि त्यही टमाटर प्रतिकेजी दुई सयमा बिक्री गरेको बताउदै पछि प्रतिकेजी असी रुपियाँमा बिक्री गर्नु परेको सुनाईन । हाल प्रतिकेजी पचास रुपियाँमा मुल्य झरेपछि भने सिमकोट लगेर बिक्री गर्नै छाडेको उनको भनाई रहेको छ । यतिबेला उनले गाउँपालिका केन्द्र याङ्चु बजारमा मात्र बिक्री गर्ने गरेको बताउदै सिमकोट लग्दा ढुवानी र आफ्नो गाडी भाडा जोड्दा घाटा लाग्ने देखिएपछि सिमकोटमा बिक्रीका लागि लग्नै छोडेको बताईन । बिगत दुई वर्षदेखि तरकारी खेती गर्दै आएकी परियारले हालसम्म कै सवै भन्दा कम मुल्यमा टमाटर बिक्री हुन थालेको जानकारी दिईन । यतिबेला पनि परियारको तरकारी बारीमा टमाटर त्यति कै बोट मै रहेका छन् । परियारको वडाबाट तीस भन्दा बढी किसानले टमाटर उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।
वडा वडा नम्बर ४ की राल्फा उपाध्यायले किसानहरुले ब्यवसायीक रुपमा तरकारी खेती गर्न थालेपछि टमाटर धेरै फल्न थालेको कारण बजारको समस्या रहेको बताईन । उनले बारीबाट टिपेको टमाटर बिहानै बोकेर सिमकोट पुर्याउने काम गरे पनि मुल्य भने घटेको कारण समस्या देखिएको बताईन । वडा नम्बर ४ का घरघरमा टमाटर खेती हुन थालेपछि उत्पादन बढेको तर बजार माग पहिले कै अवस्थामा रहेको कारण टमाटर खेती गर्ने जाँगर मर्ने अवस्था आएको उनले बताईन । केही अगाडी टमाटर फलाउन सफल भएको कारण आफुले सात क्वीन्टल बिक्री गर्न सफल भएपनि अझै बारीमा टमाटर बाँकी नै रहेको उनले बताईन । त्यसैगरि वडा नम्बर ४ कै माजा गाउँकी लालकोषा रावतले पनि गत असार महिनासम्म टमाटर जति उत्पादन गरेपनि बिक्रीमा समस्या नदेखिएको भएपनि अहिले भने पचास रुपियाँमा प्रतिकेजी बिक्री गर्नु पर्दा निक्कै मर्का परि रहेको बताईन । उनले छिमेकीहरुले टमाटर फलाएर आम्दानी गर्न थालेपछि देखा सिकी कै आधारमा पनि घरघरमा टमाटर उत्पादन हुने गरेको बताईन । गाउँपालिका प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बास्तव मै किसानहरु मर्कामा परेको बताउदै अब सबै किसानहरुले एक्कै प्रकारका तरकारी खेती गर्ने चलन भएको कारण पनि समस्या आएको बताए । उनले पकेट क्षेत्र अनुसरा किसानहरुले फरक फरक ब्यवसायीक तरकारी खेती गर्न सकेको खण्डमा यो समस्या समाधान हुने बताए ।
पत्रिका
























