सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाले उपचार गर्ने बिरामीको संख्या बढ्दै

बिरामीको उपचार गरिदै । तस्बिर : राजन रावत, हुम्ला
  • सि.टा. समाचारदाता
    सिमकोट । सिमकोट गाउँपालिकाका आठ वटा वडाका स्वास्थ्य संस्थाहरुले उपचार गर्ने बिरामीको संख्या बृद्धि भएको देखिएको छ । एक वर्षमा १९ हजार भन्दा बढी बिरामीहरुको उपचार गरेको पाईएको हो ।
    जिल्ला अस्पताल सहित सिमकोट गाउँपालिकामा तेह्र वटा स्वास्थ्य संस्था रहेको र ती संस्थाहरुबाट बिरामीहरुको उपचार गरिएको हो । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट आर्थिक वर्ष ०८०।०८१ मा १९ हजार ८७९ जना बिरामीहरुको उपचार गर्न सफल भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । उनका अनुसार कुल बिरामीहरुमा ११ हजार ११७ जना महिला र आठ हजार ७६२ जना पुरुष बिरामीहरुको उपचार गरिएको छ । यो उपचार गरिएको बिबरण चार वटा स्वास्थ्य चौकी, जिल्ला अस्पतालले उपचार गरेको सिमकोट गाउँपालिकाका बिरामी, आधारभुत स्वास्थ्य सेवा केन्द्र र सामुदायीक स्वास्थ्य एकाईको हो ।

जसमा बरगाउँ स्वास्थ्य चौकीमा एक हजार २७७ जना बिरामीको उपचार गरिएको छ भने डाँडाफया स्वास्थ्य चौकीले एक हजार ९९१ जनाको उपचार गरेको छ । त्यसैगरि ठेहे स्वास्थ्य चौकीले एक हजार ३५६ जना, स्याँडा स्वास्थ्य चौकीले एक हजार ४६३ जनाको उपचार गरेको छ । त्यसैगरि जिल्ला अस्पतालबाट चार हजार ६५९ जनाको उपचार गरिएको छ । त्यसैगरि आधारभुत स्वास्थ्य सेवा केन्द दोजामले दुई हजार ४१ जना, आधारभुत स्वास्थ्य सेवा केन्द बुराउसेले ७२६ जना र आधारभुत स्वास्थ्य सेवा केन्द माथिल्लो गाउँले एक हजार ३८ जना बिरामीमो उपचार गरेको छ ।

यता सामुदायीक स्वास्थ्य एकाई हिल्दुमले एक हजार २६२ जना, सामुदायीक स्वास्थ्य एकाई चौगानफयाले एक हजार ४६९ जना, सामुदायीक स्वास्थ्य एकाई खोल्सीले दुई हजार ४१ जना, सामुदायीक स्वास्थ्य एकाई कुम्लिकले ९०३ जना र सामुदायीक स्वास्थ्य एकाई साँताले एक हजार ९९ जनाको उपचार गरेको छ । स्वास्थ्य संस्थाहरुमा उपचार गरिएका बिरामीहरुमा स्वास मार्गको संक्रमण र ग्याष्टिकका रहेका छन् भने बालबालिकाहरुमा झाडा पखाला र स्वासप्रस्वास सम्वन्धि रहेका छन् ।