सि.टा. समाचारदाता
सिमकोट । सोह्र पदकका साथ सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मानसरोवर नमूना मावि पदक तालिकामा अगाडी रहेको छ । दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा मानसरोवर पदक तालिकामा अगाडी रहेको हो ।
हालसम्म छात्रा र छात्रतर्फ तेह्र वटा ईभेन्ट सम्पन्न हुँदा मानसरोवर माविले सात वटा स्वर्ण, छ वटा रजत र तीन वटा कास्य गरि कुल १६ पदकका साथ अगाडी रहेको छ । सो विद्यालयलाई बालमन्दिर माविले पाँच स्वर्ण पाँच रजत र चार कास्य गरि १४ पदकाका साथ दोस्रो स्थानमा रहेको छ । त्यसैगरि सैपाल हिमाल माविले एक स्वर्ण र एक कास्य गरि दुई पदक प्राप्त गरेर तृतीया स्थानमा रहेको छ भने कैलाश माविले दुई रजत र तीन कास्य हाँसिल गरेको छ भने रामदेव माविले एक कास्य पदक हाँसिल गरेको छ ।

















