हुम्लामा प्रहरी दिवस मनाईयो

सि.टा. समाचारदाता
सिमकोट  । ६९ औं प्रहरी दिवसको अवसरमा हुम्ला जिल्लामा कार्यरत आठ जना प्रहरी पुरस्कृत भएका छन । यसरी पुरस्कृत हुने प्रहरी जुनियर अफिसर देखि जवानसम्म रहेका छन् ।
वर्षभरि आ आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्ने आठ जना प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिएको छ । पुरस्कृत गर्ने कर्मचारीलाई छनौट गर्ने कार्य फरक फरक कामका लागि जिल्ला प्रहरी कार्यालयले गरेको हो । पुरस्कृत प्रहरीलाई प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले नगद पुरस्कार कार्यक्रममा प्रदान गरेका थिए । यसरी पुरस्कृत हुने प्रहरीहरुमा प्रहरी सहायक निरीक्षकत्रय दिपेन्द्र बुढाथोकी, टिकाराम थापा, थमनसिंह घर्तीमगर रहेका छन् भने प्रहरी हवल्दारमा युवराज वस्नेत, प्रहरी सहायक हवल्दारमा रविन विक, रघुनाथ मल्ल र प्रहरी जवानमा बिक्रम जिएम र रुपा चौधरी रहेकी छन् । नगद पुरस्कारको ब्यवस्था प्रहरी कार्यालय हुम्लाले गरेको हो । त्यसैगरि ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ल प्रहरी कार्यालयले आयोजना गरेको प्रहरीका लागि ब्याटमिन्टन डबल प्रतियोगितामा बिजेता  खेलाडीहरुलाई पनि ट्रफी, प्रमाण्पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । सो प्रतियोगितामा प्रथम हुने प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल र प्रहरी सहायक निरीक्षक मधु जिसीको टिम भएको थियो भने प्रहरी सहायक हवल्दार रघुनाथ मल्ल र प्रहरी जवानजितबहादुर थारुको टिम द्धितीया भएको थियो । त्यसैगरि प्रहरी सहायक निरीक्षक सोभा गिरी र प्रहरी बरिष्ठ हवल्दार बिशाल विष्टको टिम तृतीया भएको थियो । बिजेता टिमलाई नगद पुरस्कार क्रमश तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम प्रजिअ पाण्डेले प्रहरीलाई सुरक्षा चुनौती रहेको बताउदै यो समस्या समाधान गर्न सवै पक्षको आवश्यक रहेको बताए । साईवर सुरक्षा र बैंकिङ कसुरका समस्या प्रहरीलाई बढी रहेको र त्यसलाई समाधान गर्न प्रहरीलाई समस्या भएको उनले बताए । प्रहरी नायव उपरिक्षक खनालले प्रहरी संगठनका वारेमा बताउदै उपस्थित सवैलाई स्वागत गरेका थिए । प्रहरी महानिरीक्षकले दिवसको अवसरमा पठाएको शुभकामना पत्र समेत कार्यक्रमममा वाचन गरिएको थियो । पत्रकार महासंघका अध्यक्ष राजन रावतले दिवसको अवसरमा प्रहरी परिवारलाई शुभकामना दिदै आफ्नो सेवामा खटिन आग्रह गरेका थिए । कार्यक्रममा अन्य तीन वटै सुरक्षा निकायका प्रमुख, राजनीति दलका नेता लगाएको उपस्थिती रहेको थियो । दिवस साईवर सुरक्षा आजको आवश्यकता भन्न् मुल नाराका साथ प्रहरी आफ्नो स्थापना दिवस मनाई रहेको छ ।