लोग भण्डारी
सिमकोट । हिमालयन गोल्ड कप आयोजक टिमले हात पारेको छ । गोल्ड कपको फाईनलमा बिजेता बन्दै आयोजक हिमालयन युवा क्लब बिजेता भएको हो । अदानचुली गाउँपालिकामा जुटौँ युवा भई एकरुपता, खेलाडी उत्पादन गर्ने हाम्रो प्रतिबद्धता “ भन्ने मूल नाराका साथ हिमालय युवा क्लबद्वारा आयोजित तेस्रो हिमालयन गोल्ड कप २०८१ आयोजक हिमालयन युवा क्लव बिजयी भएको छ ।
आयोजक टिम हिमालयन युवा क्लबले फाईनलमा बुढागाउँ युवा क्लवलाई पराजित गर्दै फाइनल खेलमा हिमालयन युवा उपाधि हात पारेको हो । प्रतियोगितामा बुढागाउँ एफ.सी. द्धितीया, अनन्त स्पोर्ट क्लब तृतीया र श्रीनगर एफ.सी. सान्त्वना भएका थिए । बिजेता खेलाडी र टिमलाई नगद पुरस्कार, मेडल र गोल्ड कप प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा बुढागाउँ एफ.सी. का उपेन्द्र बुढा, उत्कृष्ट गोल रक्षकमा आयोजक टिम हिमालयन युवा क्लबका प्रकाश फडेरा र सर्वाधिक गोलकर्ता आयोजक टिम हिमालयन युवा क्लबका लक्ष्मण फडेरा छनौट भएका थिए । प्रतियोगिता सञ्चालन गर्नका लागि मुख्य प्रायोजक फडेरा इन्जिनियरिङ कन्सल्टेन्सी , सहयोग हुम्ला फुटबल एकेडेमी, आर्थिक सहयोग अदानचुली गाउँपालिका उपाध्यक्ष कोष रहेका छन् । सो प्रतियोगितामा अहिलेसम्मकै धेरै टिम २८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता गाउँपालिका स्तरमा सञ्चालन भएको हो ।
















