रानी वन गोल्ड कपको फाईनलमा तल्लो गाउँ राईजिङ क्लव

सि.टा. समाचारदाता
सिमकोट । हाल जिल्लामा सञ्चालनमा रहेको रानीवन गोल्ड कपको फाईनलमा सिमकोट गाउँपालिका– ५ को तल्लो गाउँ राईजिङ क्लव पुगेको छ । बुधबार सञ्चालन भएको पहिलो सेमिफाईनल खेलमा विजेता बन्दै राईजिङ क्लव फाईनलमा प्रवेश गरेको हो ।
चौथो रानीवन गोल्ड कपको पहिलो फाईनलबाट तल्लो गाउँ राईजिङ क्लव फाईनलमा प्रवेश गरेको छ । तल्लो गाउँ राईजिङ क्लवले रोयल एफसि माथि बिजय हात पार्दै फाईनलमा प्रवेश गरेको हो । सेभेन ए साईटमा सञ्चालन भएको सो प्रतियोगितामा निर्धारित साठी मिनेटको समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेल ट्राईबेकरमा प्रवेश गरेको थियो । ट्राईबेकरमा एकका बिरुद्ध तीन गोल गर्दै तल्लो गाउँ राईजिङ क्लव बिजेता भएको हो ।