कर्णालीका २२ स्थानीय तहको स्थानीय शिक्षा योजना बन्ने

सिमकोट गाउँपालिकाको स्थानीय शैक्षिक योजना निर्माणका लागि आयोजिक कार्यशालाका सहभागीहरु सामुहिक कार्य गर्दै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका दश जिल्लाका २२ स्थानीय तहको स्थानीय शैक्षिक योजना निर्माण हुने भएको छ । शिक्षा क्षेत्रको बिकास सम्वन्धि स्थानीय तहको अगुवाई र साझेदार निकायको सहयोगमा स्थानीय शिक्षा योजना बनाउन लागिएको हो  ।हालसम्म आफैले स्थानीय शिक्षा योजना नबनाएको कारण पहिलो पटकका लागि कर्णालीका दश जिल्लाका २२ स्थानीय तहहरुको सो योजना निर्माण गर्न लागिएको समाज जागरण केन्द्र ( स्याक) नेपालका हरि तिवारीले बताए । यसका लागि युनिसेफ नेपालको आर्थिक सहयोग, स्याकको प्राविधिक सहयोगमा र सम्वन्धित स्थानीय तहको पनि सहलगानीमा यो योजना निर्माण हुने छ । यो योजना आगामी शैक्षिक सत्र सुरु हुनु भन्दा पहिले नै तयार पारिने छ । स्थानीय तहले शैक्षिक क्षेत्रका समस्याहरु समाधान गर्नका लागि पनि यो योजना निर्माण गर्नु आवश्यक देखिन्छ । जसमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका परेको छ भने जुम्लाबाट कनका सुन्दरी र सिंजा गाउँपालिका छनौट भएका छन् । डोल्पाबाट ठुली भेरी गाउँपालिका, मुगु जिल्लाबाट छायानाथ रारा नगरपालिका, कालिकोटको सान्नी त्रिबेणी, रास्कोट र खाँडाचक्र गाउँपालिका परेका छन् । त्यसैगरि सुर्खेतबाट भेरी गंगा, चौकुने, बराहताल र सिम्ता गाउँपालिका परेका छन् । त्यसैगरि दैलेख जिल्लाबाट नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिका रहेका छन् । त्यसैगरि जाजारकोटको कुशे र छेडगाड नगरपालिका परेका छन् । सल्यानको सिद्ध र त्रिबेणी गाउँपालिका परेका छन् । रुकुमपश्चिमको चौझारी नगरपालिका र त्रिबेणी गाउँपालिका परेका छन् ।
यसका लागि तिवारी हुम्लामा आएर स्थानीय शैक्षिक योजना निर्माणका लागि चार दिनु कार्याशाला सञ्चालन गर्नु भएको छ । कार्यशालामा स्थानीय शैक्षिक योजना निर्माणका लागि गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षासंग सरोकार राख्ने निकायका प्रतिनिधिहरु सहभागी हुनु भएको थियो । स्थानीय आवश्यकताका आधार योजना निर्माण गर्नु पर्ने भएको कारण कार्यशालामा स्थानीयलाई सहभागी गराएर उनीहरु कै रायका आधार योजना निर्माण गरिने छ । यस्तो कार्यशाला शैक्षिक योजना निर्माण हुने छनौटमा परेका कर्णालीका सबै स्थानीय तहमा सञ्चालन गरिनेछ ।