सि.टा. समाचारदाता
सिमकोट । कर्नाली प्रदेशबाट डिसेम्बर १७ देखि २१ सम्म मलेसियामा आयोजना हुने यु १६ हक्की खेलका लागि हुम्ला जिल्लाबाट पुरुष तथा महिला खेलाडी छनौट हुन सफल भएका छन् । यसमा पुरुषतर्फ दुई जना र महिलातर्फ एक जना छनौट भएका छन् ।
देशभरीकै जम्मा १० महिला तथा पुरुष मध्ये हुम्ला जिल्लाबाट महिलातर्फ तुल्सी बोहोरा र पुरुषतर्फ रोशन परियार तथा शुशान्त रोकाया छनौट भएका छन् । मलेसिया प्रस्थान गर्नु अघि सोमवार सिमकोटबाट नेपालगंज झरेका खेलाडीलाई नेपालगञ्जबाट विदाइ गरिएको छ ।
बिदाई कार्यक्रममा टिम म्यानेजर राजेन्द्र रोकाया, वडा अध्यक्ष सिमकोट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चिन रावत र हुम्ला जिल्ला हक्की संघका अध्यक्ष
रामजन रावतको उपस्थिती रहेको थियो । उनीहरु केही दिन काठमाडौंमा बिताउने छन् ।
























