सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को धारापोरी गाउँका ठाडो ढुङ्गामा गएको सुख्खा पहिरो पन्छाउने कार्य जारी रहेको छ । उक्त वडाको चौगानफया गाउँका स्थानीयको बिरोधको कारण सडकमा खसेको सुख्खा पहिरो पन्छाउने कार्य यसअघि रोकिएको भएपनि स्थानीयसंगको सहमतिपछि पहिरो पन्छाउने कार्य जारी रहेको हाेप । हिरो गएको स्थान धारापोरी गाउँको ठाडो ढुङ्गा भन्दा माथि चौगानफा गाउँ रहेको र सो गाउँका स्थानीयले सडकमा खसेको सुख्खा पहिरो पन्छाउने कार्यमा अवरोध गरेको भएपनि पछि गाउँलेसंगको छलफल गर्दा सहमति बन्दा पहिरो पन्छाउन सुरु भएको र हालसम्म सो कार्य जारी रहेको हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ । स्थानीयले सो पहिरो पन्छाउदा गाउँलाई जोखिम हुने भन्दै त्यसको बिरोध गरेका थिए । तर सार्वजनिक काम नरोक्न स्थानीयलाई अनुरोध गरिएपछि काम सुचारु भएको थियो । यसअघि निर्माण कम्पनी दाप्चा जेभीले दुई पटक सडकमा खसेको पहिरो पन्छाउने कार्य सुरु गएको भएपनि माथिबाट पून पहिरो खस्ने क्रम जारी रहँदा रोकिएको थियो । निर्माण कम्पनीको फिल्ड प्रतिनिधि नरेन्द्र रावतले हाल सडकमा खसेको सुख्खा पहिरो पन्छाउने कार्य तिब्र रुपमा भई रहेको र अझै केही दिन लाग्ने बताए । उनले अहिले पनि अलिअलि सुख्खा पहिरो खस्ने क्रम जारी रहेको भएपनि काम अगाडी बढी रहेको जानकारी दिए । पहिरो सफा गर्न केही दिन लाग्ने छ । सो सुख्खा पहिरो गत कातिक १२ गते खसेको थियो । त्यसयता सिमकोट हिल्सा सडकमा यातायात सेवा बन्द हुँदै आएको छ । उक्त सडकको निर्माण कार्य सम्पन्न गर्ने म्याद पुस मसान्तसम्म रहेको छ । स्थानीयले काम गर्न दिएपछि समयमा काम सम्पन्न गर्ने बाटो खुलेको छ ।
















