मुख्यमन्त्री कँडेल र संसदीय दलका नेता शाहीबिच समसामयीक विषयमा छलफल

फोटो क्याप्सन मुख्यमन्त्री कार्यालयमा भएको भेटका क्रममा मुख्यमन्त्री कँडेल र नेता शाही तस्बिर ः पुर्वमुख्यमन्त्री शाहीको फेसवुकवालबाट

सञ्चार समाचारदाता
सिमकोट । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीबिच मंगलवार भेटघाट भएको छ ।

प्रदेश सरकारको काम कारवाही र अन्य समसायमिक विषयका बारेमा दुई नेताबिचको भेटघाटमा छलफल भएको हो ।

मुख्यमन्त्री कक्डेलसंको भेटमा प्रदेश सरकारबाट सम्पादन हुनु पर्ने नियमित कामकारबाही र सरकारी कामको प्रभावकारिताका सम्प.वन्धमा छलफल भएको पुर्वमुख्यमन्त्री समेत रहेका शाहीले जानकारी दिए ।

त्यसैगरि भेटमा तत्काल् प्रदेश सभा बैठक आह्वान, संसदीय समितिको पूर्णता एवम् गतिशिलतता, १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, बहुबर्षीय र स्रोत शुनिश्चितता भएका आयोजना, रुग्ण आयोजनाको कार्यान्वयन लगायतका दैनिक जनजिवीकोसंग सम्वन्धित विषयवस्तुका सम्बन्धमा प्रदेश सरकारको ध्यानकर्षण गराएको उनले बताए ।

छलफलका क्रममा उठेको विषयहरुका सम्वन्धमा गम्भीर रुपमा प्रदेश सरकारले लिने मुख्यमन्त्री कँडेलले प्रतिबद्धता जनाएका थिए ।