सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका–३ को बरगाउँको रलिङ माध्यामिक विद्यालयमा छोटो समयमा बालमैत्री धारा निर्माण कार्यले बिधार्थीहरुलाई सहज भएको छ । यसअघि बालमैत्री धारा नहुँदा विद्यालयका बिधार्थीहरुलाई पानी पिउस असहज भई रहेको समयमा यस पटकको बालमैत्री धारा निर्माणले सहज भएको हो ।
वर्षौको माग पछि विद्यालयमा बालमैत्री धारा निर्माण गर्ने कार्य रलिङ माविमा भएको छ । यसले गर्दा विद्यालयका साना ठुला सबै खाले विद्यार्थीलाई पानी पिउन सहज भएको हो । धारा निर्माण कार्य स्वागत योग्य रहेको विद्यालयले जनाएको छ । यसअघि यस्तो धारा नहुँदा साना कक्षाका बिधार्थीहरु सहज रुपमा पानी पिउनबाट बन्चित हुने र कतिपय बिधार्थी धारामा पानी पिउने क्रममा लडेर घाईते समेत भएको थिए ।
सरसफाईका क्षेत्रमा काम गर्दै आएको गुडनेर्वस ईन्टरनेशल नेपालको ( जिएनआई ) आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकाश केन्द्रको प्राबिधिक सहयोगमा सात दिनमा बालमैत्री धारा निर्माण गरिएको केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीले बताए । जिएनआईले विद्यालयमा खानेपानी र शौचालयको निर्माण गर्ने कार्य गर्दै आएको छ ।
बालबिकासदेखि कक्षा दशसम्म अध्ययन हुने सो विद्यालयमा बालमैत्री धारा निर्माणका लागि बारम्बार माग भई आउने गरेकोले मागमा आधारित भएर धारा निर्माण गरिएको होे । पाँच वटा धारा एउटै पिलरमा जडान गरेर पिउने आनी आई रहेको छ । ती धारामा उमेर र उचाई अनुसार बिधार्थीले पानी पिउने कार्य गर्दै आउनु भएको छ ।
बामैत्री धारा निर्माणका लागि गुडनेर्वस ईन्टर नेशनल नेपालले चार लाख बीस हजार, विद्यालयको लागत एक लाख गरि चार लाख बीस हजार रुपियाँ लागत लागेको छ । यसअघि पनि सिमकोट गाउँपालिकाका आधा दर्जन विद्यालयहरुमा यस्ता धाराहरु कार्यक्रमले निर्माण गरि सकेको छ ।
























