लोग भण्डारी
सिमकोट । सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँको आधारभुत स्वास्थ्य सेवा केन्द्रको खोप समन्वय समिति र सरोकारवाला पक्षलाई अभिमुखीकरण गरिएको छ ।
पाठेघरको मुखको क्यानसर बिरुद्धको खोप वारे जानकारी गराउनका लागि सो कार्यक्रम आयोजना गरिएको हो । सबै वडा स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवाला पक्षलाई एचपिभी खोप अभियान बारे जानकारी गराउने कार्य सम्पन्न भएको सेवा केन्द्रका प्रमुख राजु रावतले जानकारी दिए ।
उनले कार्यक्रममा सहभागीहरुले खोपलाई सफल पार्न सवै जना जुटेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको बताए । उक्त खोप केन्द्रमा फागुन १९ गतेबाट खोप लगाउने कार्य हुनेछ । खोप कार्यक्रम मानसरोवर नमूना माविमा हुनेछ ।
आईतबार सिमकोट गाउँपालिकाको खोप अभियानको उद्घाटन कार्यक्रम बाल मन्दिर माविमा बिहान ११ वजेबाट हुनेछ । एक कार्यक्रमको आयोजना गरि खोप कार्यक्रमको सुरुवात गरिनेछ ।












