सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– ७ को रोडिकोट गाउँ नजिकैको राहाकोटमा माटो खन्ने क्रममा माथिबाट माटाकोे ढिस्को खस्दा पुरिएर घाईते भएको चारै जनाको जिल्ला बाहिर उपचारका लागि उद्धार गरिएको छ ।
प्रदेश सरकारको सहयोगमा हेलिकोप्टरबाट घाईतेको उद्धार गरिएको हो । सो ढिस्कोमा पुरिएर गम्भीर घाईते भएकी सोही गाउँकी २५ वर्षकी तीर्थकला जैसी, २७ वर्षकी बालकी जैसी र २० वर्षकी लक्ष्मी जैसी र २६ वर्षकी मन्जली जैसी सामान्य घाईते भएकी थिईन उनीहरु चारै जनालाई हेलिकोप्टरबाट सुर्खेत उद्धार गर्ने कार्य भएको प्रहरीले जनाएको छ ।
घर लिपपोत गर्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर रोडिकोट निवासी २८ वर्षकी नेत्रकला जैसीको घटना स्थल मै मृत्यु भएको थियो । बुधबार बिहानै माटोको ढिस्को खस्दा सो घटना भएको हो । मृतकको लास निकाल्ने कार्य भएर प्रहरी मुचुल्कापछि आफन्तलाई लास जिम्मा लगाउने कार्य भएको छ ।
























