राया गाउँमा भुमि पुजा गरेर भुमे पर्व मनाईयो

फोटो क्याप्सन भुमे पर्वको अवसरमा डोरी तान्ने खेल खेल्दै युवाहरु । तस्बिर ः सि.टा

सि.टा  समाचारदाता
सिमकोटे । जिल्लाको एक मात्र गाउँ खार्पुनाथ गाउँपालिका– २ को रायाँ गाउँमा मनाउने भूमिको पुजा गरे मनाउने भुमे पर्व मनाईएको छ । परम्परागत धार्मिक संस्कार अनुसार गाँउमै रहेका भूमि कुलदेवताकोे पूजा गरी गाउँमा यो पर्व मनाइएको हो । स्थानीय शिवसिंह बुढाका अनुसार उक्त गाउँमा भुमे पर्व भन्ने गरिन्छ । उक्त गाउँवासीले परम्परागत रुपमा यो पर्वमा भूमिको पुजाआजा गरेर मनाउँदै आउनु भएको छ ।

उक्त गाउँका व्याँसी ,क्षेत्री ,दलित समुदायका मानिसहरु वसोवास गर्दै आएका छन् । स्थानीय वासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैं यो वर्ष तिहारको जेठो पर्वका रुपमा भुमेलाई मानेर पनि विशेष रुपमा मनाएको हो । बुढाका अनुसार परम्परागत धार्मिक संस्कार अनुसार गाँउमै रहेका भूमि कुलदेवताकोे पूजाआजा गरी राया गाउँ यो पर्व मनाइएको हो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने भूमे पर्व परम्परागत रूपमा मनाउने गरिन्छ । वडा अध्यक्ष च्याँगा बोहराले यदि यो पर्व नमनाएको खण्डमा जमिन मुनिका भूमि देविदेवता रिसाउने र चैतमा लगाएको बाली पनि राम्रो नहुने, रोग, किरा, फट्याङरा लागेरा बाली नाली नष्ट हुने सामाजिक मान्यता रहेको बताए ।

यो पर्व मान्ने र मनाए पछि बाली नालीदेखि जी मानिसको जीउधन र पशु चौपायालाई समेत राम्रो हुने र वर्षभरिका लागि घरमा शान्ती छाउने बिस्वास रहँदै आएको छ । यो पर्वमा विशेष गरि हिल्सा देवताको पूजा गर्ने गरिन्छ । प्रत्येक घरधुरीले भुमी पुजाको लागि एक चिन्डो चौको छ्याङ, उवाको सातुको धल्लाङ र घ्यु एक साथ राख्दै बिधिपुर्वकक पूजा गरिन्छ । भुमे पर्वको अवसर गाँउमा छोरी चेलीहरु एक ठाउँमा भेला गर्ने र रातभर जाग्रम बसेर चुटकीलाा, मागल, चाँड्ची, आरती गाउ गरिन्छ । भूमे पर्वको दिनमा गाउँका भद्धभलादवी, जानमान र वुद्धिजी जम्मा भएर यो दिन गाउँको रीतिथिति बारे पनि नियम बनाउने र चैत महिनाभभर बालीनाली हेर्ने चौकीदार ( नोरा ) छनौट गर्ने चलन रहेको छ ।

यो पर्वको अवसर युवायुवतीबिच लाठ्ठी तान्र्ने, ढुङ्गा उठाउने, क्षेलो हान्न ( सटफुट ), डोरी नाघ्ने खेल खेलेर रमाइलो पनि गरिन्छ । रातभर आआफ्नो उमेर समूहका मानिस जम्मा भएर रातभर देउडा गाउने गरिन्छ । यो पर्व हेर्नको लागि विभिन्न गाउँबाट पुराना धातुका गरगहना लगाएर आउने गर्छन् । भूमे पर्वको वेला बाहिर बाट भूमेमा रमाईलो हेर्न आउने गरेका पाहुनाहरुलाई सम्मान गर्दै पाहुनालाई स्वागत गर्ने मुख्य विशेषता रहेको छ ।