लोग भण्डारी
सिमकोट । सहयोगी निकायहरुको सहयोगमा विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई झोला सहयोग गरिएको छ । ती सहयोगी निकायहरुले बिधार्थीहरुको आवश्यकताको आधारमा शैक्षिक सामाग्री सहयोग गर्ने क्रममा एउटा विद्यालयका सवै बिधाथीहरुलाई झोला सहयोग गरिएको हो ।
सिमकोट गाउँपालिका– ५ को भिमसेन आधारभूत विद्यालयमा अध्ययनरत सबै बिधार्थीहरुलाई झोला सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर शाहीले बताए ।
यो सहयोग काठमाडौंको इन्फो नेपाल ट्रेक तथा डिएमसी कैलाशले गरेको हो । बाल बिकासदेखि कक्षा पाँचसम्म अध्ययन हुने सो विद्यालयका १३८ जना बिधार्थीहरुलाई एउटा एउटा झोला सहयोग गरिएको छ ।
प्रअ शाहीले यसले न्यून आयश्रोत भएका बालबालिकालाई सहयोग मिलेको बताउदै अब बिधार्थीहरुले हातमा कापी किताव बोक्नु पर्ने बाध्यता हटेको बताए । यो सहयोग प्रति उनले सहयोग निकायलाई धन्यवाद समेत दिए ।
सहयोग प्राप्त झोलाहरु हुम्ला पुर्याएर बितरणका लागि समन्वय गर्नु भएका पर्यटन ब्यवसायी रिन्जिन लामाले झोला बिधार्थीहरुलाई बितरण गर्ने कार्य पुरा भएको जानकारी दिए ।
सहयोगी ट्रेकिङ ऐजेन्सीका पर्यटन ब्यवसायीहरु गतवर्ष मानसरोवर कैलाश दर्शन गर्न हुम्ला आउने क्रममा विद्यालयमा पुगेको र सो क्रममा उहाँले सहयोग गर्न चाहेको र बिधार्थी तथा विद्यालय परिवारले झोला सहयोग मागेको कारण यो सहयोग यतिबेला उपलब्ध भएको होे । यो सहयोग सहयोगी निकाय कै चाहानामा उपलब्ध् भएको हो ।
सहयोगले सबै बालबालिकाहरुलाई एउटै किसिमका झोला उपलब्ध भएको बताउदै उनले ट्रेकिङ यजेन्सिले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत यो सहयोग उपलब्ध गराएको बताए । सानादेखि ठुला सबै बिधार्थीहरुले झोला सहयोग पाएपछि खुसी ब्यक्त गरेका छन् ।












