गाउँ प्रहरी भर्ना गर्दै चङ्खेली गाउँपालिका

सि.ट.समाचारदाता
सिमकोट। जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाले यसवर्ष गाउँ प्रहरी भर्ना गर्ने भएको छ । गगाउँपालिकाको सुरक्षा आफ्नै प्रहरीद्धारा दिने उद्धेश्ययले जिल्लामा पहिलो पटक गाउँ प्रहरी भर्ना गर्न लागिएको हो ।

गाउँपालिकाले सार्वजनिक सुचना जारी गरेर गाउँ प्रहरी भर्ना गर्न लागेको छ । आफ्नो सुरक्षा आफै प्रदान गर्नका लागि गाउँपालिकाले नयाँ प्रयास गर्न लागेको होे । यसमा चङ्खेली गाउँपालिकाले एक जना कक्षा बाह्र उतिर्णलाई बरिष्ठ गाउँ प्रहरी भर्न गर्न लागेको छ भने तीन जना गाउँ प्रहरी भर्न गर्न लागेको छ । गाउँ प्रहरीका लागि कक्षा आठ उतिर्ण शैक्षिक योग्यता निर्धारण गरिएको छ ।

गाउँ प्रहरीमा दुई जना पुरुष र एक जना महिलालाई भर्ना गर्न लागिएको हो । गाउँ प्रहरी छनौटको आधारहरु शारिरिक परिक्षण, लिखित , प्रयोगात्मक र मौखिक परिक्षा लिएर छनौट गरिने छ । पुरुष गाउँ प्रहरीको हकमा १८ वर्ष पुरा भएर तीस वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

यसका लागि गाउँपालिकाको कार्य पालिकाबाट निर्णय गरेर गाउँपालिका प्रहरी गठन, भर्ना सम्वन्धि कार्य बिधि समेत यसअघि नै तयार पारिएको थियो । यसका लागि बजेट ब्यवस्थापन गाउँपालिकाले गर्ने छ । गाउँ प्रहरी भर्नाका लागि पन्द्र दिने सार्वजनिक सुचना समेत प्रकाशित गरिएको छ । जिल्लाका अन्य छ वटा गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने कार्य गरेका छैनन् ।