सि.टा. समाचारदाता
सिमकोट । हिल्सा सिमकोट सडक आयोजना राष्ट्रिय गौरुवको आयोजना भएपनि बजेटको अभाव हुने गरेको छ । आयोजनाको सिमकोट कार्यालयले वर्षेनी माग अनुसारको वजेट सरकारले उपलव्ध गराउन नसकेपछि सधै बजेट अभाव खेप्नु परि रहेको हो ।
योजना अनुसार बजेटको ब्यवस्था पनि हुन सकेको छैन । यी सबै आयोजना सम्पन्न गर्नका लागि एक अर्ब ८२ करोड बजेको दायित्व आयोजनासंग रहेको आयोजनाका योवजना प्रमुख वेलबहादुर नेपालीले बताए । तर चालु आर्थिक वर्षमा गौरभको आयोजना सडकतर्फ ३४ करोड ९९ लाख र पुलतर्फ सात करोड ९० लाख बजेट मात्र निकासा आएको छ ।
उनले बजेट अभाव कै एउटा पुल र दुई वटा सडकको अन्तिम मुल्याङ्कन भएर पनि बील उठि सकेको भएपनि भुक्तानी दिन नसकिएको बताए । त्यसैगरि खार्पुको पक्की पुलका लागि चालु आर्थिक वर्षमा बीस लाख मात्र बजेट रहेको र त्यो बजेट पनि भुक्तानी भई सकेको कारण बजेट बिनै सो पुल निर्माण कार्य भई रहेको छ ।
बजेट अभाव बारे बिभागसंग कुरा गर्दा लिखित नआउने र मौखिक रुपमा बजेटको समस्या नहुने, कामलाई तिब्रता दिनका लागि मात्र निर्देशन आउने भोगाई उनको छ । जनशक्ति र बजेटको अभाव भएपछि काम गर्नका लागि कर्मचारीलाई कस्तो किसिमको बाताबरण बन्ला उनले उल्टै प्रतिप्रश्ना गरे । आयोजनासंग हाल नौ वटा योजनाहरु कम्तीमा पनि चौध करोड माथिका रहेका छन् ।
























