सि.टा.समाचारदाता
सिमकोट । नेपाल कम्यनिष्ट पार्टी माअोवादी केन्द्रले जिल्लाका पाँच वटा गाउँपालिकामा पालिका अधिबेशन सम्पन्न गरेको छ । अधिबेशनसंगै पार्टीको गाउँपालिका कमिटीमा नयाँ नेतृत्व समेत चयन गरेको हो ।
जिल्लाका दक्षिणी क्षेत्रका पाँच वटा गाउँपालिका अधिबेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन भएको पार्टी सचिव धर्मराज बोहराले जानकारी दिए यसरी अधिबेशन सम्पन्न भएका गाउँपालिकाहरुमा खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् ।
अधिबेशन सम्पन्न भएका गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्म्त चयन भएको छ । जसमा खार्पुनाथ गाउँपालिकामा झुलबहादुर रावल अध्यक्षमा चयन भएका छन् भने सर्केगार्ड गाउँपालिका अध्यक्षमा छवी थापा चयन भएका छन । त्यसैगरि चङ्खेली गाउँपालिकाको अध्यक्षमा गोबिन्दबहादुर शाही, अदानचुलीमा दिर्घ सिंह र ताँजाकोट गाउँपालिकामा मदन दमाई अध्यक्षमा चयन भएका छन ।
सो पार्टीको गाउँपालिका कमिटीको अध्यक्ष सहित दुई उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष पनि सर्वसम्मत चयन थिए । त्यसैगरि माओवादी बिधान अनुसार गाउँपालिका कमिटी ४५ सदस्यीय रहने ब्यवस्था अनुसार प्रत्येक गाउँपालिकामा ३९ जना सदस्यहरु पनि सर्वसम्मव चयन भएका छन् ।
उनले जिल्लाका सात मध्य पाँच वटा गाउँपालिकाका अधिबेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको छ । अब नाम्खा चैत २० गते र सिमकोटमा २३ गते पालिका अधिबेशन हुनेछन् ।
















