दोजाम कर्णालीमा बेलिब्रीज निर्माण गर्न सेनाको टोली खार्पुमा आई पुग्यो

फोटो क्याप्सन दोजाम कर्णाली नदीका बेलिब्रीज निर्माण हुने स्थान । तस्बिर ः सि.टा., हुम्ला

सि.टा.समाचारदाता
सिमकोट । नेपाली सेनाको बिमान निर्माण दलको एक टोली खार्पुमा सरेको छ । कर्णाली करिडोरको दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माण कार्य सुरु गर्नका लागि सेनाको टोली खार्पुमा सरेको हो ।

नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख सेनानी अम्रीत पराजुलीले सुनाखाडामा वस्दै आएको सेनाको टोली मध्य एक टोली खार्पुको नल्न पट्टी आएर वस्न सुरु भएको बताए । उनले सो टोलीले दोजाम कर्णाली नदीमा बेलिब्रीज निर्माण कार्य अगाडी बढाउने बताए । यसका लागि हाल लागि चालीस जना सेना आई पुगेका छन् ।

चैत २५ गतेबाट बेलिब्रीज निर्माण र बोक्चे गौडादेखि याङ्चुसम्मको आठ सय मिटर चट्टानी भीरमा पनि सडक स्तरोन्न्ती गर्नेछ । यातायातका साधनलाई सञ्चालन गर्न कठिन नहुने गरि शनिवारबाट याङ्चुतर्फ काम सुरु गर्ने तयारीमा सेना रहेको छ । २५ गतेबाट भने भिगौडा र बोक्चे गौडामा बिष्फोट गर्ने कार्य सुरु हुनेछ ।  हाल सेनाले स्काभेटर, कम्प्रेशर मेशिन हरु तयारी अवस्थामा राख्ने कार्य गरि रहेको छ । कामदार समेत सेनाले खोज्ने कार्य गरि सकेको छ ।