सि.टा. समाचारदाता
सिमकोट । हावाहुरीबाट विद्यालय भवनलाई क्षेती पुर्याएको छ । चङ्खेली गाउँपालिका– ६ को मेल्छाम गाउँको लामालेख प्राथमिक विद्यालय भवनलाई हावाहुरीले क्षेती पुर्याएको हो ।
हावाहुरी लागेर दुई कोठे विद्यालय भवनको छाना उडाएर लगाएको विद्यालयका प्रधानाध्यापक कृतिबहादुर शाहीले बताए
सहज रुपमा सञ्चार सम्पर्क नहुने स्थानमा रहेको सो विद्यालयमा बिहानै लागेको हावाले जस्तापाताको छाना उडाएर क्षेती पुर्याएको होे । दुबै कोठाको पुरै छाना उप्काएको र ठुलो भवनको एक साईटको भाग उप्काएको छ । हावाहरीले उप्काएको जस्तापाता विद्यालयको कम्पाण्डमा छरपुष्ट अवस्थामा रहेका छन भने झ्याल ढोका चर्किएको अवस्थामा रहेको छ ।
यसबाट बालबिकासका बिधार्धीहरुको पठनपाठन प्रभावित भएको छ । बिहानको समयमा हावाहुरी लागेको कारण भौतिक बाहेक अन्य क्षेती हुन भएको छैन । भवनको छाना उडाएपछि बिधार्थीहरुलाई मंगलबार चौरमा पढाउने कार्य गर्नु परि रहेको छ । फोन सम्पर्क हुन नसकेको र प्रहरी चौकी गाउँपालिका केन्द्र पिप्लाङमा रहेको कारण विद्यालयबाट एक टोली प्रहरीलाई जानकारी दिन गएको छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार पारेपछि क्षेतीको एीकन बिबरण आउनेछ ।
























