सि.टा. समाचारदाता
सिमकोट । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा आफूहरूलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । सो सहमति आफूहरूलाई मान्य नहुने बताउँदै कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका हुन् ।
सरकार र शिक्षक महासंघबिच बुधबार नौ बुँदे सहमति भएको थियो । सो सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौँमा जानकारी गरिएको थियो । कार्यक्रममा असन्तुष्ट कर्मचारीहरूले होहल्ला गर्दै विरोध जनाएका छन् । विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले वि.सं. २०७९, २०८० र २०८१ मा आन्दोलनमा विद्यालय कर्मचारीको पक्षमा न्याय नभएको बताए । उनले सरकारसँग हिजो भएको सहमतिमा पनि विद्यालय कर्मचारीको पक्षमा केही नभएको बताए ।
कर्मचारीको सञ्चित बिदाको विषयमा लेखिएन । त्यस्तै तलबमानको विषयमा विद्यालय कर्मचारीमा श्रेणीविहीन कार्यालय सहयोगी रहेको बताएका थिए । उनीहरूलाई २६ हजार ८२ र लेखाका साथीहरूका ३४ हजार ९०० दिनुहोस् भनेर भन्यौँदिन आग्रह कर्मचारी गरे । तर, सहमतिमा त्यो पनि मानिएन । उनले सरकारले शिक्षकहरूलाई ललिपप देखाएको र त्योभन्दा महासंघले आफूहरूलाई ठुलो ललिपप देखाउने काम भएको आरोप लगाए ।
उनले अब आफूहरू कसैको पक्षमा नलागी छुट्टै आन्दोलन गर्ने बताए । सहमतिमा कर्मचराीलाई उपेक्षा गरिएको आरोप कर्मचारी छ । आवाज उठाउँदा दबाउन खोजियो । हामीले समीक्षा बैठक बोलाएका छौँ । अब छुट्टै आन्दोलन कार्यक्रमको घोषणा गर्छौँ । एक वर्षसम्म पनि सडकमा रहन तयार रहेको कर्मचारीले जनाएका छन् । उनले शिक्षक आन्दोलनमा आर्थिक सहयोग पनि अपारदर्शी भएको आरोप लगाए ।














