भारतमा एकै परिवारका तीन सदस्य बेपत्ता

सि.टा. समाचारदाता
सिमकोट । भारतको हिमाचल प्रदेशको सिमलाबाट नेपालका एक महिला र उनका दुई जना छोरा बेपत्ता भएका छन् । रोजगारीको सिलसिलामा भारतको सिमलामा बस्दै आएका आमा छोरा पाँच दिनदेखि बेपत्ता भएका हुन ।

हुम्लाको अदानचुनी गाउँपालिका–६ पाल्स गाउँकी २२ वर्षीया मंगली लोहार टमाटा र उनका दुई छोराहरू सात बर्षका सौरभ लोहार र तीन बर्षका सुभाष लोहार असार ८ गते आइतबार बिहान ७ः३० बजे डेराबाट सम्पर्क विहीन भएको श्रीमान मेले बहादुर लुहारले बताए ।

बेपत्ता मंगलीका श्रीमान् लोहारका अनुसार मंगली त्यस दिन दुई छोराहरू लिएर एकछिन बाहिर जान्छु भनेर घरबाट निस्केकी श्रीमति त्यसयता तीनै जना पर्किएका छैन । हालसम्म उनीहरूको अवस्था अज्ञात छ र खोजी कार्य जारी रहेको जनाईएको छ ।

बेपत्ताको खोजीका लागि नेपालमा रहेका मंगलीका देवर हर्कलाल लोहारले सबैमा सहयोगको अपिल गरेका छन । मंगली सहित उनका दुई छोरालाई भेट्ने जो कोहिले पनि हर्कलाल लोहारसँग ९८६५२८७३७३ मा नम्बर सम्पर्क गर्न देवर लोहारले आग्रह गरे । उक्त परिवार सात महिना अघि मात्रै रोजगारीको लागि भारत गएको थियो । श्रीमान लोहार सिमला मै रहेका छन ।