चिनीयाँ पक्षद्धारा हिल्साको सडकलाई कालोपत्रे गर्ने कार्य सम्पन्न

फोटो क्याप्सन हिल्सामा नेपालको सडकलाई चिनीयाँ पक्षले कालोपत्रे कार्य सम्पन्न गरेपछिको सडक । तस्बिर ः सि.टा., हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । चिनीयाँ पक्षले दुई देशको सिमाना हिल्सामा नेपालतर्फको सडकलाई कालोपत्रे गर्ने कार्य सम्पन्न गरेको छ । यसअघि गत मङ्सीर महिनामा दुई देश जोड्न मितेरी पुल चिनीयाँ पक्षले निर्माण गरि सकेको र अब सम्झौता अनुसारको नेपालतर्फको सडक कालोपत्रे गर्ने कार्य पनि सम्पन्न गरेको हो ।

चिनीयाँ पक्षले हिल्सामा नेपालतर्फको सडकलाई कालोपत्र गर्ने कार्य सम्पन्न गरेको त्यसको अनुगमन तथा समन्वय गर्ने जिम्मा पाएको हिल्सा सिमकोट सडक योजनाले जनाएको हो । चिनीयाँ पक्षले हिल्साको कर्णाली नदी माथि दुई देश जोड्ने पक्की पुल यसअघि नै निर्माण गरि सकेको थियो ।

दुई देशबिच भएको सम्झौता अनुसार पक्की पुल निर्माण गरि सकेपछि चिनीयाँँ पक्षले नेपालतर्फको पुलको अन्तिम बिन्दुबाट साँढे तीन सय मिटर सडक निर्माण गरेर कालोपत्रे गर्नुपर्ने उल्लेख भए अनुसार सो सडकको कालोपत्रे गर्ने कार्य भएको होे । आठ मिटर चौढा सडक कालोपत्र गरिएको छ ।

कालोपत्रे मापदण्ड अनुसार सुरु भएर सम्पन्न भएको उहाँले बताउनुभयो । कालोपत्रेका लागि आवश्यक उपकरण र निर्माण सामाग्री समेत सवै निर्माण स्थलमा चिनीयाँ पक्ष ल्याएको थियो । सो सडक कालोपत्रे यसअघि नै हुनु पर्ने भएपनि संरचनामा क्षेती पुग्ने भएपछि पहिलेको लोकेशन परिवर्तन गर्नेतर्फ पहल गरिएको र कुरा नमिल्दा सम्झौतामा उल्लेख भएकै स्थानबाट सडक कालेपत्रे गर्ने गरि काम अगाडी बढेको हो ।

अर्को कुरा हिउदमा चिसोको कारण कालोपत्रे गर्न कठिन हुने र समस्या आउने देखिएपछि काम अगाडी नवढेको होे । सडकको कालोपत्रे गर्ने कार्य नभए कै कारण हिल्सामा निर्माण गरिएको पक्की पुल समेत सञ्चालनमा आउन सकेको छैन । सडक कालोपत्रे गर्ने कार्य पुरा भएकोले अब पुल समेत सुचारु हुनेछ ।

यसअघि जिल्लाका आधा दर्जन छोटा सडकमा ढलान गरिएको भएपनि कालोपत्रे सडक गरिएको सडक भने पहिलो भएको छ । हिल्साबाट सिमकोटसम्मकाो ९५ नब्बे किलोमिटर सडक पनि चिनीयाँ पक्षले तीन वर्षमा स्तरोन्नती र कालोपत्रे गर्ने सम्झौता भए अनुसार चिनीयाँ प्राविधिक टोली हिल्सा हुँदै सिमकोटसम्म सडकको बिस्तृत सर्भे गरेर फर्कि सकेको छ ।