सि.टा. समाचारदाता
सिमकोट । भदौ २५ गते बुधबार सिमकोट गाउँपालिकाले शोक बिदा गरेको छ । जेन जी आन्दोलनका क्रममा भदौ २४ र २५ गते भएको आन्दोलनका क्रममा मृत्यु हुनु भएका सबैको सम्झना गर्दै गाउँँपालिकाले एक दिन शोक बिदा दिएको हो ।
जेन जी आन्दोलनका क्रममा मृत्युबरण गर्नेको सम्झानामा एक दिन शोक विदा दिने गाउँपालिकाको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार विदा दिईएको गाउँँपालिकाले एक सुचना जारी गरि जनाएको छ ।
गाउँपालिका अन्र्तगत सवै सरकारी निकाय र सामुदायीक विद्यालयमा एक दिन सार्वजनिक गरिएको छ । साथै जेन जीद्धारा आयोजित आन्दोलनका क्रममा मृत्युबरण गर्नु भएका युवाहरु प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गाउँँपालिकाले गरेको छ । भने घाईतेहरुको स्वास्थ्य लाभकाृ कामना पनि गरिएको छ । आन्दोलक क्रममा मृत्यु भएर बलीदानले लोकतन्त्र, न्याय र समनताका लागि गरिएको योगदानलाई सदैव स्मरण गर्ने पनि जनाईएको छ ।























