सि.टा. समाचारदाता
सिमकोट । अस्थायी र करारका शिक्षकको जागिर नजाने भएको छ । सरकारले असोज ८ गते सार्वजनिक गरेको निर्णयमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णय सरकारी सेवाका अरु क्षेत्रमा लागि हुने भए पनि शिक्षामा लागू नहुने सूचना शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।
मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अनुसार अस्थायी र करारका शिक्षकको जागिर यथावत रहने भएको हो। जारी सूचना भनिएको छ, ‘अनुत्पादक खर्च कटौति र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको प्रेश विज्ञप्तिको बुँदा नं ( ग (५) को संगठन संरचना सुधार अन्तरगतको बुँदा (ज) मा ुनेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरवन्दी वाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने। भन्ने उल्लेख भएकोमा कतिपय स्थानीय तह र विद्यालयबाट करार शिक्षकको सन्दर्भमा के हुने भन्ने सोधनी भइरहेकाले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’























