कर्णाली र सुदुरपश्चिमबाट बाहिरियो मनसुन

सि.टा. समाचारदाता
सिमकोट । नेपालमा वर्षा गराउने मनसुन लुम्बिनी प्रदेशदेखि पश्चिमतिरका भू–भागबाट बाहिरिएको छ। सोमबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन बाहिरिएसँगै अब यी क्षेत्रमा पानी पर्ने सम्भावना टरेको छ।

सामान्यतया मनसुन बाहिरिने समय अक्टोबर २ लाई मानिन्छ। तर पछिल्ला वर्षहरूमा नेपालमा केही ढिला गरी मनसुन बाहिरिरहेको छ। पश्चिमी भू–भागबाट मनसुन बाहिरिए पनि लुम्बिनीदेखि पूर्वी भू–भागबाट भने मनसुन बाहिरिन केही समय लाग्ने महाशाखाले जनाएको छ।

पूर्वी भू–भागबाट मनसुन नबाहिरिएको भए पनि वर्षा गराउने मनसुन भने कमजोर भइसकेको महाशाखाले विषेश विलेटिन जारी गरेर जानकारी गराएको छ। शनिबार र आइतबार भारीदेखि अति भारी वर्षाका कारण नेपालका विभिन्न भू–भागमा मानवीय क्षतिसमेत भएको छ। हालसम्म ४० जना बढीको बाढीपहिरोमा परी मृत्यु भएको छ।