सिजनल फ्लुका बिरामी बढेपछि वस्तीबस्ती स्वास्थ्यकर्मी पुगेर उपचाार सुरु

सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजकोट गाउँँपालिकाका वस्तीमा सिजनल फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पुगेर उपचार सुरु गर्न थालेको । बिरामीको चाप बढेको खवर आउन थालेपछि गाउपलिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली पुगेर उपचारमा लागेको हो ।

मंगलबार स्वस्थ्यकर्मी र औषधी सहित वडा नम्बर ४ को सिरुपाटामा पुगेको टोलीले सिजनल फ्लुका बिरामीको उपचार गरेका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए । सो वस्ती धेरै बिरामी भएको जानकारी आएपछि शाखाबाट स्वास्थ्यकर्मीको टोली गएको थियो । बिरामीहरुलाई ज्वरो आउने, रुघाखोकी लागेको, जीउ टाउको दुःख्ने, श्वासप्रश्वासमा समस्या आएको थियो ।

उनीहरुलाई चेकजाँच गर्ने र औषधी बितरण गर्ने कार्य गरिएको थियो । जसमा ३० जना महिला र ३५ जना पुरुष गरि ६५ जनाको उपचार गरिएको थियो । यसरी सिजनल फ्लुका बिरामीहरु कुनै पनि वस्तीमा देखिए, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य संस्था र शाखाका जानकारी गराउन पनि सवैलाई आग्रह गरिएको छ । मौसम परिवर्तन भएको कारण यस्ता बिरामी जता पनि हुन सक्ने र यसबाट जोगिन शाखाले आग्रह पनि गरेको छ ।