सि.टा. समाचारदाता
सिमकोट । देउसी भैलो खेल्न मुगु जिल्लाको सोरु गाउँपालिका– ३ को बाल क्लवका सदस्यहरु हुम्लाको सदरमुकाम सिमकोटमा आई पुगेका छन । तिहारको अवसरमा देउसी भैलो खेलेर उठेर रुपियाँबाट विद्यालयलाई सहयोग गर्न बालक्वलका सदस्यहरु हुम्ला आएका हुन ।
शिबमहादेव बालक्लवका अध्यक्ष कृषराज शाहीका अनुसार आर्थिक तिहारको देउसीबाट सङ्कलन गर्न सकिने भएको कारण मुगुबाट छिमेकी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा देउसी भैलो खेल्न आई पुगेको हो । आफु अध्ययनरत महादेब माध्यामिक विद्यालयमा धेरै समस्या भएको कारण त्यो समस्या समाधान गर्नका लागि बालक्लवमा आबद्ध सदस्यहरु हुम्ला आएर देउसी भैलो खेल्न सुरु गरेको उनले बताए ।
कात्तिक ४ गतेसम्म देउसी भैलो खेल्न योजना उहाँहरुको रहेको छ र ५ गते भने आफ्नो जिल्ला फिर्ता हुने तयारी उनीहरुको छ । फिर्ता भएपछि आफ्नो घरमा दिदी बहिनीको हातबाट टिका थाप्ने छन। यो अवधिमा देउसी भैलो खेलेर सङ्कलन भएको रुपियाँबाट विद्यालयमा सोलारको ब्यवस्था गरिने छ । उनीहरु २४ जना रहेका छन । ११ जना छात्रा र १३ जना छात्राहरुले देउसी खेली रहेका छन् ।
स्थानीय भेषभूषामा सजिएर शनिबारबाट देउसी सुरु गरेका छन । असोज ३१ गते मुगुबाट हिड्नु भएको देउसी टोलीले सर्केगार्ड गाउँपालिकाबाट पैदल हिडेर सिमकोट पुगेका हुन । देउसी खेल्ने क्रममा टोलीले देउडा गीत पनि गाउने गरेका छन ।












