गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाक्लापको प्रतिश्प्रर्धामा धर्मोदय मावि पहिलो

फोटो क्याप्सन बिजेता विद्यालयलाई नगद र प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष लालकेश जैसी । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाले प्रतिश्प्रधात्मक गाउँँपालिका अध्यक्ष अतिरिक्त कृयाक्लाप सप्ताह कार्यक्रममा धर्मोदय मावि पहिलो भएको छ । गणस्तरीय पठनपाठनमा सहयोग पुर्याउन र शैक्षिक सुधारका लागि विद्यालय स्तरमा सो प सञ्चा्रतिश्प्रर्धा आयोजना गरिएको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ६५ दशमलव ७८ प्रतिशत अंङ्क ल्याएर धर्मोदय मावि पहिलो भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । उनका अनुसार त्यसैगरि ४६ दशमलव ४३ प्रतिशत ल्याएर जनक आधारभूत विद्यालय द्धितीया र ३८ दशमलव ७८ प्रतिशत अंङ्क ल्याएर चन्द्रप्रकाश मावि तृतीया र ३६ दशमलव ७८ प्रतिशत अङ्क ल्याएर मदानादेव मावि सान्वना स्थान हुन सफल भएका छन । त्यसैगरि प्रथम, द्वितीया, तृतीया र सान्त्वना हुने विद्यालयलाई क्रमश एक लाख, पचहत्तर हजार, पचास हजार र पच्चीस हजार प्रदान गरिएको थियो ।

कार्यक्रम अन्र्तगत जम्मा ५५ वटा प्रतियोगिताहरुको मध्य उत्कृष्ट नतिजाको आधारमा बिजेता प्रतियोगी छनोट गरिएको हो । प्रतियोगिताहरुलाई प्रथम, द्धितीया र तृतीया भएका छात्राछात्रलाई पाँच हजार, तीन हजार र दुई हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले यसबाट शैक्षिक सुधारका लागि विद्यालयबिच सकरात्मक प्रतिश्प्रर्धा हुने गरेको बताए । कार्यक्रम १४ गतेबाट १८ गतेसम्म पाँच दिन सञ्चालन भएको थियो ।

कार्यक्रम अनुसार शैक्षिक सुधारका लागि आधारभूत तह कक्षा एक देखि तीनसम्म १३ वटा कार्यक्रम सञ्चालन भएका थिए । जसमा हाजिरी जवाफ, चित्रकला, गणित दौड, अनुखलेखन, हस्त लेखन, हिज्जे, श्रुती लेखन लगाएतका कृयाक्लापहरु हुन । आधारभूत तह ४ र ५ मा पनि १३ वटा गतिबिधिहरु भएका थिए । उक्त तहमा पनि तिनै गतिविधिहरु सञ्चालन भएका थिए । आधारभूत तह कक्षा छ देखि आठसम्म बाह्र वटा कार्यक्रमहरु सञ्चालन गरिएका थिए । कक्षा नौ र दशमा पन्द्र वटा कार्यक्रम सञ्चालन गरिएका थिए । अतिरिक्त कृयाक्लाप प्रतियोगितामा गाउँपालिकाका सोह्र वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।