सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका सात वटै गाउँपालिकामा सीप बिकासका तालिमहरु सञ्चालन गरिने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले चालु आवमा सञ्चालन गरिने कार्यक्रम भित्र यी सीप बिकासका कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बुधबार बिहान कार्यालयको आयोजनामा जिल्ला स्तरीय समन्वय समितिको बैठकले गाउँपलिकाबाट आएका मागहरुलाई अनुमोदन गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका कावा प्रमुख सरिता रावतको अध्यक्षतामा बसेको बैठककले उक्त निर्णय गरेको हो । जसमा नाम्खा गाउँपालिका–३ मा राडीपाखी बुनाई तालिम सञ्चालन गरिने छ भने सिमकोट गाउँपालिकामा व्युटी पार्लर तालिम सञ्चालन हुनेछ । त्यसैगरि खार्पुनाथ र सर्केगार्ड गाउपालिकामा सवारी साधन मर्मत तालिम आयोजना गरिनेछ ।
यता चंखेली गाउँपालिकामा फर्निचर तालिम सञ्चाल हुनेछ भने अदानचुली गाउँपालिकामा हाउस वायरिङ तालिम सञ्चालन हुने छ भने ताँजाकोट गाउँपालिकाका लागि सवारी साधन मर्मत तालिम आयोजना गरिनेछ ।
सो बैठकमा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, चंखली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया, खार्पुनाथ गाउँपलिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह, कार्यालय प्रमुख अर्जुन जोसी, उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी लगाएतको उपस्थिती रहेको थियो । यी कार्यक्रम कार्यालयले तयारी गरि सकेपछि आयोजना गरिनेछ ।















