सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा सञ्चालन भएको मोति बिन्दुका ६९ जनाको सफल सल्यक्रिया भएको छ ।
निःशुल्क आँखा शिविरमा अधिकाँस जेष्ठ नागरिकहरुले यो सुविधा पाएका हुन । शिबिरमा ६१२ जनाको आँखाका बिरामीहरुको परीक्षण गरिएको छ ।
तीन दिनको शिविरमा ६९ जनामा मोतीबिन्दु शल्यक्रिया गरिएको हो । जिल्लाका पाँच वटा गाउँपालिकाहरु नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेलीलाई लक्षित गर्दे शिविर सञ्चालन गरिएकोमा ती सबै शिविरमा ६१२ जनाको परीक्षण र ६९ जनामा मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो
शिविरमा आएका सेवाग्राहीलाई निःशुल्क आँखा परीक्षणसँगै आवश्यक औधी वितरण गरिएको नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले जानकारी दिए ।
उनका अनुसार मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरमा हुम्लाका विभिन्न स्थानबाट बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राहीको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमार्फत आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण सेवा प्रदान गरिएको छ ।
न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यक अनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको छ । उक्त शिविर नेपाल रेडक्रस सोसाइटी हुम्ला, नेपाल नेत्र ज्योति संघ हुम्ला र जिल्ला आँखा उपचार केन्द्रको समन्वयमा, रेडी आई फाउन्डेशनको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेशन नेपालका प्राविधिक सहयोगमा सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी शाखाका मन्त्री अर्जुन बोहराले बताउनुभयो ।
हिमालय आँखा अस्पताल पोखराबाट डा. पराजुलीको नेतृत्वमा ८ जना प्राविधिकको टोली सिमकोट आएर तीन दिनसम्म शिविर सञ्चालन गरेको थियो । यसपछि हुम्लाको अदानचुली गाउँपालिकामा पनि शिविर सञ्चालन हुने हुनेछ ।
























