बिधार्थीहरुलाई न्यानो कपडा सहयोग

फोटो क्याप्सन न्यानो कपडा पाएपछि बिधार्थीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । बिधार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको छ । हिमाली जिल्ला हुम्लामा हिउद महिना लागेसंगै जाडो बढ्दा त्यसबाट बिधार्थीहरुलाई सुरक्षित राख्न उक्त कपडा बितरण गरिएको हो । सुबी फाउन्डेसन नेपालले हुम्लाको सर्केगाड गाउँपालिका–५ को धुमचुमी आधारभुत विद्यालयका बिधार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको उक्त संस्थाकी हुम्ला प्रतिनिधि शुशिला शाहले बताईन ।

सो विद्यालयमा अध्ययनरत सीमान्तकृत र न्यून आयश्रोत भएका बालबालिकाहरु न्यानो कपडा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो । बिधार्थीहरुलाई बाक्लो खाले ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको थियो । यसबाट सो विद्यालयकाा साना बालबालिकाहरु लावान्भित भएका छन् । यो कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थितिमा सञ्चालन गरिएको थियो ।

न्यानो कपडा पाएपछि बालबालिकाहरु निक्कै खुसी भएका छन् । सो संस्थाले देशका दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई यस्तो सहयोग प्रदान गर्दै आएको छ । गतवर्ष पनि सो विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई उक्त संस्थाले शैक्षिक सामाग्री सहयोग गरेको थियो । उक्त कार्यक्रममा राजनीतिकर्मी सविता बुढाको पनि उपस्थिती रहेको थियाे ।