सि.टा समाचारदाता
सिमकोट । जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका–५ र ६ को बजार क्षेत्रको पाईप लाईन ब्यवस्थित नहुँदा खानेपानीको समस्या चुलिएको छ । सडक र ढलको समेत प्रबाह नगरी जथाभावी पाईपलाई बितरण गरिएको कारण यो समस्या बाह्रै महिना बढ्दै गएको हो ।
मुख्य सडकमा खानेपानीको पाईप लाईन ब्यवस्थित नबनाई बितरण गरिएको कारण समस्य चुलिएको सिमकोट गाउँपालिका स्थानीयको गुनासो छ । यसले गर्दा एउटै पाईप लाईनबाट पानी बितरण गरिएको भएपनि अर्को लाईनमा पानी नजाने समस्या बढ्दै गएको हो । पुरानो पाईप लाईनमा जहाँबाट आउने गर्छ, त्यहीबाट खानेपानी जडान गरेर पाईप लाईन बितरण गर्ने कार्यले समस्या हुने गरेको छ ।
पाईप लाईन पनि नखनेर सडक र ढलमा पाईप बिच्छ्याएर लाईन बितरण गरिएको छ । यसले गर्दा पाईप फुट्दा ढलको पानी मिसिएर पाईप लाईनमा जाने र सो पानी उपभोक्ता प्रयोग गर्न बाध्य हुने गरेका छन । उही पाईप लाईनको धारामा पानी आउने तर अर्को लाईनमा पानी नआउने समस्या सामान्य जस्तै हुने गरेको छ ।
आफ्नो धारामा एक वर्षदेखि पानी आउनै छोडेको छ । उपभोक्ता समितिले ब्यवस्थित रुपमा पाईप लाईन बितरण नगरेको कारण यो समस्या आएको होे । एकातिर धारामा पानी नआउने समस्या अधिकाँस उपभोक्ताको रहेको छ भने अर्कोतिर सडक र ढलमा पाईप लाईन भएको कारण सिमकोट बजारका अधिकाँस स्थानीय उपभोक्ताहरुले फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको होे ।
वडा, गाउँपालिका, स्थानीय प्रशासनमा धाउदा धाउदा पनि खानेपानी ब्यवस्थित गर्ने मागमा कतैबाट सुनुवाई हुन सकेको छैन । धन्न ब्यक्तिगत लाईन लिएका छिमेकीले पानी भर्न दिएको कारण केही उपभोक्ताहरुलाई सहज हुने गरेको छ ।
सिमकोट बजारलाई खानेपानी आर्पुर्ती गर्दै आएको खानेपानी उपभोक्ता समिति पनि हरेक तीन वर्षका साधारण सभा वसेर समिति परिवर्तन हुनु पर्नेमा पन्द्र वर्षदेखि पुरानै समितिले निरन्तरता पाएको कारण पनि समस्या भएको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताए । अब यो समितिलाई पूनरगठन गरेर नयाँ निर्माण गर्नु आवश्यक रहेको छ
























