सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय स्तनपान सप्ताहाको मनाई रहेको बेला स्वास्थ्यकर्मीद्धारा सहि किसिमले स्तनपान गराउने तरिकाको प्रर्दशनी गरिएको छ । सिमकोट गाउँपालिका– ५ को खाद्योग गाउँको चौपाडीमा सुनौलो हजार दिनका आमाहरुको उपस्थितीमा सो प्रदर्शन गरिएको हो ।
आमाहरुले सहि किसिमले स्तनपान गराउने तरिकाका बारेमा जानकारी गराउने उद्धेश्यले मंगलबार सिंगो एउटा वस्तीका सुनौलो हजार दिनका आमाहरुलाई सहभागी गराएर दक्ष्य स्वास्थ्यकर्मी सरिता बोहराबबाट प्रत्यक्ष रुपमा स्तनपानको प्रर्दशन गरिएको आयोजक सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए ।
यो प्रर्दशनीबाट आमाहरुले आफ्ना शिशुलाई सहि किसिमले स्तनपान गराउनमा सहयोग पुग्ने बिस्वास गरिएको छ । यसअघि सो कार्यक्रममा स्तनपानको महत्व सम्वन्धि अन्र्तकृया पनि आयोजना गरिएको थियो ।
यता कार्यक्रममा थप पोषिलो खाना खाने तरिका बारे पोषिलो अर्गानिक खिर तयार गरि खाने तरिका बारे आमाहरुलाइ प्रत्यक्ष रुपमा देखाई प्रदशनी गरिएको छ । खिर पनि खुवाउने कार्य भएको थियो ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष वियय भण्डारी, र उपाध्यक्ष शुशिला भाम रोकायाले सहि किसिमले स्तनपान गराएर शिशुको स्वास्थ्य स्वस्थ्य बनाउन र पोषणमा सुधार ल्याउने काम गर्न आग्रह गरेका थिए ।
स्वास्थ्य सेवा कार्यालयका निमत्त प्रमुख चिकीत्कस भिम बहादुर बुढा, जिएनआईवाट निर्मला बोहरा, मनोहरी डिप्लोमण्ड इष्टिच्युट ( एमडिआई नेपाल), वान हर्टका सोनाम लामा, आधार बिकास नेपालको पेमा छुईडेन लगाएतको उपस्थिती रहेको थियो ।
यो सप्ताहा अगण्ट १ तारिकबाट मनाउन सुरु गरिएको हो । सिमकोट गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाहरुमा यो कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा सुनौलो हजार दिनका आमा, महिला स्वास्थ्य स्वयम सविका, स्वास्थ्यकर्मी, सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

























