तील पहिरो र ताक्चीमा ह्युम पाईपमा बाढी पहिरोले पुर्याएको क्षेती बारे सांसद रोकायाद्वारा सांसदकाे ध्यानाकर्षण

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाले उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा मनसुनजन्य विपदबाट पुगेको क्षेतीका बारेमा ससदका ध्यानाकर्षण गराएका छन । मंगलबार संसदमा बिशेष समय लिदै सासद रोकायाले सो घटनाका बारेमा जानकारी समेत गराएका हुन ।

संसदको बिशेष समयमा बोल्दू ससाद रोकायाले देशभर हाल जारी रहेको मनसुनले मनसुनजन्य विपदका घटनाहरु निम्त्याएर मानवीय तथा भौतिक क्षेती पुर्याई रहेको समयमा मनसुनको यो वितण्डाबाट हिमाली जिल्ला हुम्ला पनि अछुतो रहन सकेको जानकारी संसदलाई गराए ।

उनले यसको पछिल्लो उदहारणका रुपमा गत बिहीबार जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को तील गाउँमा एक्कासी आएको बाढीले स्थानीयको जनश्रमदानद्धारा निर्माण गरिएको पुल र बाटोमा क्षेती पुर्याएको कारण हाल तीलवासीलाई आउजाउमा कठिनाई भई रहेको वताए । त्यसैगरि यस पटक पनि हिमतालको पानी चुहिएर सो बाढी आएको हुन सक्ने आशंका स्थानीयले उनको भनाई थियो ।

हाल तील गाउँका वासिन्दा संभावित पून आउने सक्ने बाढीपहिरोको त्रासमा वस्नु परि रहेको उल्लेख गर्दै वर्षेनी यो समस्या भोग्नु पर्ने बाध्यतामा तीलवासी रहेका वताए । अब सुरक्षित स्थानमा तीलवासीलाई स्थान्तरण गर्नका लागि सदन मार्फत सम्वन्धित निकायको ध्यानकर्षण समेत सासद रोकायाले गरे । सोही स्थानमा गतवर्ष पनि हिमतालको पानी चुहिएर ठुलै बाढी गएको थियो ।

त्यसैगरि आफ्नो भनाई ससदमा राख्दै सासद रोकायाले सोही वडा कै ताक्चीमा लिमी कर्णाली नदी माथि गत वर्षको मंसीरमा बिच्छ्याईएका ह्युम पाईम भन्दा माथि नदीको बहाब बढेर आएको कारण यातायातका साधनहरुलाई नदी तर्न सक्ने अवस्था नरहेको जानकारी गरे ।

यसले ताक्चीमा यातायात सेवा अबरुद्ध भएको र यसबाट नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा परेको पनि उल्लेख गरे ।

ताक्चीको लिमी कर्णाली नदीमा पनि वर्षेनी यो समस्या भएर यातायात सेवा अवरुद्ध हुने गरेकोले ताक्चीको लिमी कर्णाली नदीमा देखिने समस्याको दिर्घकालीन रुपमा समाधान गर्ने कार्य तत्काल अगाडी उनले आग्रह समेत गरे ।