सि.टा. समाचारदाता
हुम्ला । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ छ जनाको नामहरु सिफारिस गरिएको छ । उक्त पार्टीको चार दिनदेखि बसेको बैठकले संभावित आंकाक्षीहरुको नाम उल्लेख गरेर सो पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरिएको हो ।
प्रतिििनधि सभा प्रत्यक्षतर्फको निर्वाचनका लागि नेपाली कम्यूनिष्ट पार्टी हुम्लाले छ जनाको नाम सिफारिस गरेको छ ।
जिल्लाबाट सिफारिस गरिएका नामहरु सार्वजनिक गर्दै सो पार्टी एक परिपत्र गरेर केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ छिमी दोर्जे लामा, डाक्टर दिपेन्द्र रोकाया, छिरिङडम्डुल लामा, प्रेमबहादुर शाही, कर्णजित बुढाथोकी र धुर्वबहादुर शाहीको नाम सिफारिस गरिएको छ । छिमी दोर्जे लामा २०६४ सालको संविधान सभाका सदस्य हुनुहुन्छ ।
रोकाया तत्कालीन नेकपा माआोवादी केन्द्रको जिल्ला संयोजक हुनुहुन्थ्यो । त्यसैगरि छिरिङ डम्डुल लामा बिघठित प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । प्रेमबहादुर शाही नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका सदस्य, बुढाथोकी २०६४ सालको संविधान सभाको सदस्य हुनहुन्थ्यो । त्यसैगरि धुर्वबहादुर शाही पनि नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो ।
आंकाक्षी धेरै भएपछि नेकपा हुम्लाले लामो छलफलपछि यी नाम सिफारिस गरेको हो । त्यसैगरि फागुन २१ को निर्वाचनका लागि समानुपातिकतर्फ पिछडिएको क्षेत्रका लागि हस्त बहादुर शाही, महिलातर्फ सीता शाही, लक्ष्मी बुढा, प्रतिमा बुमी, मन्जु बुढा र कुशुम कार्कीको नाम सिफारिस गरिएको छ । त्यसैगरि समानुपातिक दलिततर्फ कालीबहादुर विक, तिलसरा बिक, नैनसिंह नेपाली, कसमविर लुवारको सिफारिस गरिएको छ भने जनजातितर्फ नाम्ग्याल लामा, प्रेमा लामा, उसा लामाको सिफारिस गरिएको छ ।
त्यसैगरि अपांगतातर्फ अजविर बुढाको नाम सो पार्टीले सिफारिस गरेको छ । यता खसआर्यका लागि मानबहादुर थापा, देविलाल चौलागाई र कमल बोहराको नाम सिफारिस गरिएको छ । त्यसैगरि राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनका लागि बिरजंग शाही, धनजय फडेरा र गोविन्द शाहीको नाम सिफारिस गरिएको छ । यतिधेरै नाम जिल्लाबाट सिफारिस गरिएपछि समाजिक सञ्जालमा त्यसको चर्को बिरोध भई रहेको छ ।
























