रिप आगलागीबाट गम्भीर घाईते महिलाको उपचारका क्रममा निधन

सि.टा. समाचारदता
सिमको । सर्केगाड गाउँपालिका–२ अन्तर्गत रिप गाउँको आगलागी परि घाईते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा परि गम्भीर घाईते हुनु भएकी बुम्बु फडेराको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिप गाउँको आगलागी परि गम्भीर घााईते भएकी फडेराको काठमाडौंको किर्तीपुरको जलन अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । गत पुस १० गते राती रिप गाउँ निवासी लैबा फडेराको घरबाट अचानक आगो सल्किएको थियो । आगलागीमा परी स्थानीय लैबा फडेरा र बम्बु फडेरा गम्भीर घाइते भएकी थिईन ।

आगो निभाउने प्रयासका क्रममा उनीहरू आगोको चपेटामा परि घाईते भएका थिए । दुबै जनाको शरीरको विभिन्न भागमा गहिरो जलन भएको र अवस्था गम्भीर रहेको थियो । सोही राती घाइते दुवै जनालाई तत्काल उद्धार गरी राती नै एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट हुम्लामा ल्याएर प्राथमिक उपचार पछि जिल्ला बाहिर रिफर गरिएको थियो ।

आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा र क्रान्ती फडेराका घर जलेर क्षेती पुगेको थियो । घरका अधिकांश भाग जलेको कारण लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा सबै नष्ट भएका थिए ।