भुक्तानी अघि सञ्चालीत योजनाको अनुगमनमा सामाजिक बिकास कार्यालय

फोटो क्याप्सन : ताँजाकोट गाउँपालिकाको चन्द्रप्रकाश मावि भवनमा अनुगमन गरिदै ।

सि.टा. समाचारदाता
सिमकोट ।      सामाजिक बिकास कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका योजनाहरुको स्थलगत रुपमा अनुगमन गरि रहेको छ । योजनाको गुणस्तरीय निर्माण र लागत ईष्टिमेट अनुसार काम भए नभएको चेकजाँच गर्न अनुगमन भई रहेको गरिएको हो ।

जिल्लाका सात वटै गाउँपालिकामा यस आर्थिक वर्षमा सञ्चालनमा रहेका योजनाहरुको अनुगमन गर्ने कार्य भई रहेको सो कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताए ।

उनको नेतृत्वमा लेखा शाखा र प्राविधिक शाखाको समेत सहभागिता रहेको छ । पहिलो कार्य अन्तिम भुक्तानीका लागि सिफारिस हुने योजनाको प्रत्यक्ष कार्यलय प्रमुख र लेखा प्रमुखले पनि हेर्ने र त्यही अनुसार अन्तिम भुक्तानी कार्य अगाडी बढाउनकाे लागि यो कार्य गरिएको उनले बताए ।

अर्को कुरा काम भई रहेका योजनाको अवस्थाका बारेमा पनि जानकारी लिने र सुधार गर्नु पर्ने भए सुधार गर्न लगाउने कार्य पनि भई रहेको उनले बताए । त्यो संगै कामै सुरु नभएका योजनाको हकमा पनि काम तत्काल सुरु गर्न समेत ताकेता गर्ने गरिएको छ । यसअघि प्राविधिकहरुबाट मात्र अनुमगन तथा मुल्याकंन हुने गरेकोमा यसवर्षबाट भने कार्यालय प्रमुख र लेखा शाखाबाट पनि संगै अनुगमन कार्य गरिएको छ ।

अनुगमन कार्य ताँजाकोट गाउँपालिकाबाट सुरु गरिएको छ । सो गाउँपालिकामा सञ्चालनमा रहेका दश वटा मध्य छ वटा योजनाको काम सम्पन्न भएकोले भुक्तानी कार्य अगाडी बढाईने छ भने एउटा योजनाका काम लागत ईष्टिमेट अनुसार नभएको कारण पून ईीष्टमेट अनुसार गर्न लगाईएको छ ।

त्यसैगरि अदानचुली, चंखेली, सर्केगार्ड , खार्पुनाथ गाउँपालिकाका योजनाहरुको पनि यसरी नै अनुगमन गरिनेछ । यस आवमा उक्त गाउँपालिकाले ४८ वटा उभोक्ता समितिबाट र १९ वटा निर्माण कम्पनीबाट काम भई रहेको छ ।

त्यसैगरि बिपतका लागि सात वटा योजनाहरु समेत निर्माण कार्य भई रहेको छ । अनुगमन कार्य जिल्ला समन्वय समितिका सदस्य दिपा भण्डारी , लेखा अधिकृत लोकराज न्याैपाने वईन्जिनीयर धर्मराज बोहराको सहभागीता रहेको छ ।