विद्यालयको मैदानमा कंक्रिट ईन्टर लक ब्वक निर्माण

फोटो क्याप्सन विद्यालयमा हातामा बिच्छ्याईएको कंक्रिट इन्टर लक ब्लक । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट ।        जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका– ४ को चन्द्र प्रकाश माध्यामिक विद्यालयको बिहानको प्राथाना गर्ने मैदानमा कंक्रिट ईन्टर लक ब्यक निर्माण गरिएको छ ।

जिल्ला मै पहिलो पटक विद्यालयमा सफा र रमणीय विद्यालयको मैदानमा बिहानीको प्राथना कार्यक्रम सञ्चालन गर्न सहज होस भन्नका लागि यो बिकास निर्माण गरिएको हो ।

विद्यालयमा हातालाई सुन्दर, सफा र रमणीय देखिने गरि निर्माण गरेर रहेक दिन बिहान बिधार्थीहरुले गर्ने प्राथना कार्यक्रमलाई शोभनीय बनाउन पहिलो पटक जिल्ला मै कंक्रिट ईन्टर लंक ब्लक निर्माण गर्ने कार्य भएको सो विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद जैसीले बताए ।

ईन्टर लक ब्लक निर्माण गर्ने कार्य भएपछि निक्कै सहज भएको बताउदै उनले यो जिल्ला मै नयाँ प्रयास भएको बताए । विद्यालयको हाता भरि ईन्टर लक ब्लक निर्माण गरिएपछि विद्यालयको दृश्य नै फरक देखिएको र विद्यालयको शोभा नै फरक देखिने गरेको छ ।

फरक र नयाँ कुरा देखाउनका लागि यो बिधि अपनाईएको उक्त ब्लक निर्माण गर्ने सामाजिक बिकास कार्यालयका सवईन्जिनीयर धर्मराज बोहराले बताए ।

विद्यालयको नयाँ निर्माण गरिएको भवन पनि आरसिसि रहेको र त्यसमाथि आगनमा यो कार्य गरिएपछि कुनै शहरको झल्को आउने गरेको छ । अब चन्द्र प्रकाश माविका सवै संरचनाहरु पक्की र भुकम्प प्रतिरोधी समेत भएका छन् ।

विद्यालयको हातामा तेह्र हजार ईन्टर लिंक ब्लकहरु बिछ्याउने कार्य गरिएको बताउदै उनले यसका लागि कार्यालयले तीस लाख बजेट लगानी गर्नु परेको बताए ।

उक्त विद्यालयमा यो काम गरेर जिल्ला मै नयाँ काम गरेको सो कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताए ।
यसबाट विद्यालयमा फर्निचर पनि निर्माण गरिएको छ ।