
सि.टा.समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिका– ३ को वडा केन्द्र रहेको खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली भएका छन् । केही दिन अगाडी निर्माण कार्य सम्पन्न भएको सडकमा बोलेरो जीप परिक्षणका रुपमा सफल रुपमा पुगेपछि खगालगाउँवासीले खुसीयाली मनाएका हुन ।
नाम्खा गाउँपालिकाका छ वटा वडाका केद्र मध्य हालसम्म सडक सञ्जाल नजोडिएको वडा नम्बर ३ को केन्द्र खगालगाउँपालिमा पहिलो पटक बोलेरो जीप पुगेपछि स्थानीयवासीले खुसी साटाँसाटका साथै बोलेरो जीप र जीपमा सवार यात्रुहरुलाई खादा लगाएर स्वागत गरिएकोे वडा अध्यक्ष ग्याम्जो लामाले बताए ।
पहिलो पटक गाडीमा गाउँ पुगेको वडा अध्यक्ष लामाले टोलीलाई खाँदा लगाएर स्वागत गर्नुका साथै जीपको पुजा समेत गरेका थिए ।
केही दिन अगाडी खगालगाउँ जोड्ने सडकको निर्माण कार्य भएको भएपनि पहिलो पटक जीपलाई सडकको परिक्षणका रुपमा लगिएको थियो जुन सफल भएको हो । यसअघि सडकबाट एक घण्टा पैदल उकालो हिडेर खगालगाउँमा स्थानीय पुग्नु पर्ने बाध्यता रहेको थियो ।
अब गाउँ मै सडक जोडिएपछि स्थानीयलाई सहज भएको खगालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले बताए । अब सडक जोडिएपछि अत्यावश्यक काम पर्दा वा स्थानीय बिरामी हुँदा पनि सदरमुकाम सिमकोट जान सहज भएको उहाँको भनाई छ ।
वडा अध्यक्ष लामाको पहलमा वडा केन्द्रसम्म सडक जोड्नका लागि खासै विनियोजित वजेट र योजना नभएको भएपनि गाउँपालिकाले उपलव्ध गराएको जेसिभी र पुर्वाधार बिकास कार्यालयले सहयोग गरेको इन्धनबाट उक्त सडक निर्माण गर्ने कार्य भएको हो । उक्त वडा केन्द्रका सडक जोडिएसंग नाम्खा गाउँपालिका सवै वडा केन्द्रमा सडम सञ्जाल जोडिएको छ ।























