सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा रहेका दुई तहका सरकारी कार्यालयहरुको आर्थिक वर्ष ०८०।०८१ मा प्रदान गरेका सेवाहरुको समिक्षा गर्ने कार्य भएको छ । । शुसासन कायम गर्न दलहरुले आफ्नो सम्यन्त्र मार्फत काम अगाडी बढाई रहेका बेला ती कार्यालयहरुको समिक्षा गर्ने कार्य भएको हो ।
नियमतः कार्यालयहरुले आफ्नो वार्षिक समिक्षा एवं नयाँ आर्थिक वर्षको कार्यक्रमको अभिमुखीकरण गर्नु पर्ने भएपनि त्यसो नगरि दलहरुको चाहाना अनुसार आफ्नो समन्वयमा यो कार्यक्रम भएपनि त्यसलाई सकरात्मक लिनु पर्ने प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बताए । कार्यक्रममा संघ र प्रदेशका संरचनाहरुले आव ०८०।०८१ मा गरेका कामहरुको प्रगति बिबरण ( भौतिक र वित्तिय ) प्रत्येक सेवा प्रदायक निकायहरुले छुट्टा छुट्टै रुपमा प्रस्तुत गरेका थिए । बिशेष गरि हिल्सा सिमकोट सडक आयोजना, पुर्बाधार बिकास कार्यालय, सामाजिक विकास कार्यालय, खानेपानी जलश्रोत तथा उर्जा बिकास कार्यालय, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, स्वास्थ्य सेवा कार्यालय, हिल्दुम बिधुत बितरण केन्द्र, उपभोक्ता हित संरक्षण कार्यालय, कृषि बिकास कार्यालय, पशु अस्पताल तथा पशु बिकास कार्यालय, कारगार लगाएतका कार्यलयहरु रहेका थिए । ती कार्यालयहरु चालु आर्थिक वर्षमा भएका कार्यक्रमको बारेमा पनि जानकारी गराएका थिए ।केही कार्यालयहरुको भने उपस्थिती रहेको थिएन । जिल्लाका अधिकाँस कार्यालयहरुको बजेट तुलनात्मक रुपमा गतवर्ष भन्दा घटेर आएको देखिएको छ । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले यसलाई गाउँपालिका स्तरमा सञ्चालन गर्न सुझाव समेत दिए । शुसानस कायम गर्न समिक्षा गर्न आवश्यक रहेको बताउदै उनले यसका लागि समन्वयको बाताबरण मिलाउने कार्य दलहरुबाट भएकोमा धन्यवाद समेत दिए । त्यसैगरि अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले कार्यक्रम स्वागत योग्य भएको र तीन तहका संरचनाबिच एक आपसमा समन्वय आवश्यक रहेको बताए । कार्यक्रमका काँग्रेस उपसभापति कैलाश भण्डारीले यसको सुरुवात भएको र अव सेवाप्रदायक निकायहरुले स्वतस्फुर्त रुपमा गर्न आवश्यक रहेको बताए । काँग्रेस अर्का उपसभापति बसन्त रोकायाले दलको यो प्रयासलाई नकरात्मक रुपमा नलिई यसलाई राम्रा कामको प्रसंशा र सुधार गर्ने कामलाई सुधार गर्नु पर्ने पक्षामा लिन आग्रह गरे । त्यसैगरि एमाले लेखा समितिका संयोजक गोरख बिष्टले बिकासे रकम फिर्ता जाने प्रबृति नकरात्मक भएको र त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । त्यसैगरि माओवादी केन्द्रका सचिव धर्मराज बोहराले पारदर्सीताका लागि आवश्यक टुलको रुपमा लिन आवश्यक रहेको बताए । राप्रपा उपाध्यक्ष नरेन्द्र शाहीले अनुदानका कार्यक्रमहरु पहुँचवालाले मात्र पाउने पक्षलाई सुधार गर्न आवश्यक रहेको बताए । समिक्षा कार्यक्रममा उठेका प्रतिकृयाका जवाफ सम्वन्धित सेवाप्रदायक निकायका प्रमुखहरुले दिएका थिए । यसअघि बसेको दलीय सम्यन्त्रको बैठकले पनि कार्यालयहरुको बार्षिक कार्यक्रम माथि समिक्षा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।























