सि.टा. समाचारदाता
सिमकोट । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि उम्मेदवारी परेको छ । रास्वपाले चौथो नम्बरमा उम्मेदवारी दर्ता गरेको हो ।
सो पार्टीबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गरेकी हुन । सो पार्टीले यसअघि टिकट दिएकी सुजता थापा काँग्रेस फर्किएपछि बुढालाई उम्मेदवार बनाएको थियो । टिकट दिएको उम्मेदवार फिर्ता भएपछि आईतबार बिहानसम्म उम्मेदवारको कुनै टुङ्गो थिएन । सो पार्टीका नेताहरु उम्मेदवार खोज्न गाउँगाउँ गएका थिए । स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि सर्केगार्ड गाउँपालिका केन्द्रमा कातिक ३० गते मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।


















