२२६८ मत गन्दा ९०० मत ल्याएर माओवादीकी उम्मेदवार तिमिल्सिीना अगाडी

सर्केगार्डस्ति मतगणना स्थल तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कुल खसेको मत मध्य २२६८ मत गन्दा नौ सय मत ल्याएर माओवादी केन्द्रकी देवकी तिमिल्सिना अगाडी रहेकी छन् । सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनमा चार वटा वडाका पाँच मतदान केन्द्रको मत गणना कार्य हुँदा माओवादी केन्द्रको अग्रता कायमै रहेको हो ।

यी पाँच वटा मतदान केन्द्रहरु वडा नम्बर १ को देवल आवि तुम्च र सरस्वति मावि जैर तथा वडा नम्बर २ को लालिगुराँस मावि लिप्न, वडा नम्बर ३ को देवकोटा आवि उनापानीे र हिमज्योति मावि सर्केगार्ड मतदान केन्द्रको मतदान केन्द्रमा खसेको मत गणनाा गर्दा माओवादी उम्मेदवार पहिलो स्थान मै रहेको छ ।

यी पाँच वटा मतदान केन्द्रमा खसेको दुई हजार २६८ मत गणना गर्दा माओवादी उम्मेदवरा देवकी तिमिल्सिनाले ९०० मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने काँग्रेस उम्मेदवार सबिता बुढाले ६८९ मत ल्याएर पछ्याएकी छन् । एमाले उम्मेदवार जाना शाहीले ५९८ मत ल्याएकी छन ।

त्यसैगरि राप्रपाकी उम्मेदवार संगिता शाहीले ३४ मत प्राप्त गरेकी छन् भने रास्वपाकी बाँचु बुढाले सात र स्वतन्त्र नरेश शाहीले एक मत प्राप्त गरेका छन् । बदर मत ३९ रहेको छ । अझै दुई हजार २५६ मत गणना गर्न बाँकी रहेको छ ।

अहिले वडा नम्बर ५ को भवानी आवि गोठीको मतगणना कार्य जारी रहेको छ । आईतवार सम्पन्न भएको उपनिर्वाचनमा चार हजार ५२४ मत खसेको थियो ।