सि.टा समाचारदाता
सिमकोट । नवनिर्वाचित नेपाल पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले हुम्लाले स्वागत गरेको छ । महासंघको टिम सर्वसम्मत भएको र सो टिमलाई एमालेले स्वागत तथा बधाई दिने कार्य गरेको हो ।
सर्वसम्मत चयन भएको नेपाल पत्रकार महासंघ हुम्लाको सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना दिने कार्य भएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताए । महासंघको टिमलाई एमाले प्रदेश कमिटीका सदस्य डबल रावत, जसु परियार र नवराज महताराले खादा र अविर लगाउने काम गरेर स्वागत गरिएको थियो ।
निर्विरोध निर्वाचित नेपाल पत्रकार महासंघ हुम्लाको जिल्ला कार्य समितिमा अध्यक्ष अर्को कार्यकालका लागि रावत दोहोरिएका छन । त्यसैगरि उपाध्यक्ष (खुल्ला) सुरेश परियार , उपाध्यक्ष (समावेशी) मा छपाल लामा सचिवमा नन्द सिंह, सह–सचिव (खुल्ला) पदमराज हमाल, सह–सचिव (समावेशी) मा भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा धन बहादुर भण्डारी, रतन रावत , मोहनसिंह बुढा, लक्ष कामी, लोग भण्डारी, ओभराज शाही, रत्न भण्डारी र अविनास लामा चयन हुनुु भएको हो । त्यसैगरि केन्द्रीय प्रतिनिधि नवराज महतारा र निर्पराज हमाल तथा प्रदेश प्रतिनिधि मोतिलाल महतारा निर्वाचनले सर्वसम्मत चयन गरेको हो ।
























