
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप ) एचपिभी अभियान अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । यसबाट जानकारी दिन परिचालन हुने स्वास्थ्यकर्मीलई सो कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिका भित्रका बाह्र वटा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वस्थ्यकर्मीहरुलाई एचपिभी खोप अभियान बारे अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सिमकोट गाउपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए । नयाँ खोप भएको कारण त्यस बारे जानकारी, खोप अभियान वारे जानकारी दिने कार्य सो कार्यक्रम गरिएको हो ।
यसका लागि सवै स्वास्थ्यकर्मीहरुलाई सहभागी गरिएको थियो । सिमकोटमा तेह्र वट संस्थागन खोप केन्द्रमा अभियान सञ्चालन गरिने छ । जुन विद्यालयहरु रहेका छन् । त्यसैगरि सात वटा स्वास्थ्य चौकीहरुबाट पनि खाोप लगाउने कार्य हुनेछ । फागुन १८ गतेबाट सुरु हुने खोप अभियान २७ गते सम्पन्न हुने छ । सिमकोट गाउपालिकामा ७३४ जना किशोरीहरु रहने अनुमान गरिएको छ । बाद मन्दिर मावि खोप केन्द्रबाट अभियान सुरु हुनेछ ।























