सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउपालिकाले आफ्ना पाँच वटै वडालाई चैत मसान्तभित्र पुर्ण खोप सुनिश्चितता तथा दिपोपना घोषणा गर्ने भएको छ । हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको कारण आव ०८१।०८२ मा पनि गाउँपालिका आफ्ना सवै वडाका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै यसको तयारी गर्न निर्देशन दिएको हो ।
गाउपालिक स्वस्थ्य शाखाले एक परिपत्र गर्दै यस आवका लागि सवै वडाका स्वास्थ्य संस्थाहरुलाई चैत मसान्तसम्म पुर्ण खोप सुनिश्तिता तथा दिगोपन घोषणा गर्नेका लागि तयारी गरिएको शाखाका प्रमुख धनराज ढकालले बताए । ताँजाकोटमा पाच वटा वड रहेका छन् ।
यसका लागि वडा भित्रका १६ देखि ५९ महिनका बालबालिकाहरुले लगाए नलगाएको एकिन गरेर चैत मसान्तसम्म घरधुरी सर्वेक्षण गरेर खोप छुटेका वालवालिकाहरुलाई खोज र खोप अभियान सञ्चालन गरेर खोप दिने व्यवस्था स्वास्थ्य संस्थाहरुले गर्नेछन ।
यसका लागि सवै स्वास्थ्य संस्थाहरुले १५ महिना उमेर मुनीका बालबालिका पत्ता लगाएर खोप लगाउने ब्यवस्था गर्नुपर्ने, १५ देखि ५९ वर्ष उमेरका बालबालिकाहरुको घरधुरी सर्वेक्षण गरेर पुर्ण खोप प्राप्त भए नभएको उत्ता लगाएर छुटेको भए खोप तालिका अनुसार खोप दिने ब्यवस्था गर्नु पर्ने, सवै
वालवालिकाले पुर्ण खोप लगाएको एकिन भएमा वडाका जनप्रतिनिधि, खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयम सेविका, संचारकर्मी लगाएतका सरोकारवाला पक्षको सहभागितामा वडालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्ने र वडा पुर्ण खोपका लगि अनुसुचि ७ बमोजित गाउँपालिकम अनुमति पब पेश गर्नु पर्नेछ । सवै वडा घोषणा भएपछि गाउँपािलकालाई पनि घोषणा गर्ने तयारीमा शाखा रहेको छ ।
























